
काठमाडौं । नेपालको डेटा संरक्षण क्षेत्रलाई संस्थागत गर्न मलेसियाको डिपिएक्स एसिया र नेपालको वन कभर प्रालिबीच पाँच वर्ष सहकार्यका लागि सम्झौता भएको छ । सहकार्य नेपालको पहिलो व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुनको तयारीमा आवश्यक नीति निर्माण, प्रविधिगत परामर्श तथा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको वन कभरले जनाएको छ । डिपिएक्स एसियाका अध्यक्ष प्रा. अबु बकर मुनिर र वन कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार नेपाललाई व्यक्तिगत डेटा संरक्षण विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न सघाउने, डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, राष्ट्रिय तथा क्षेत्रीय डेटा सुरक्षाका मापदण्ड विकासमा साथ दिने र नेपालको डिजिटल पूर्वाधारमा अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
वन कभरले नेपाल नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, नेपाल टेलिकम, वित्त मन्त्रालयलगायतका दर्जनौं सरकारी तथा निजी संस्थासँग सूचना सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा दिँदै आएको छ । नेपालजस्तो तीव्र डिजिटल रूपान्तरणमा रहेको मुलुकका लागि अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता अत्यावश्यक रहेकाले सरकारलाई सहयोग पु¥याउन डिपिएक्ससँग सहकार्य गरिएको बताइएको छ ।
हालसम्म एसिया क्षेत्रमा डिजिटल सार्वभौमिकताको सवाल तीव्र रूपमा उठ्दै गएको र डेटा सुरक्षाको कानुनी संरचना कमजोर रहेको उल्लेख गर्दै नेपालले चालेको कदम क्षेत्रीय उदाहरण बन्ने कम्पनीले जनाएको छ । डिपिएक्स एसियाका अध्यक्ष प्रा. मुनिरलेले नेपालमात्र नभई सम्पूर्ण एसियालाई डिजिटल खतराबाट जोगाउन साझा मान्यता र कानुनी आधार बनाउने दिशामा नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । डिपिएक्स एसिया सन् २००० देखि मलेसियामा डेटा गोपनीयता तथा साइबर सुरक्षासम्बन्धी परामर्श सेवा दिँदै आएको संस्था हो ।
वन कभर प्रालि सन् २०१८ मा स्थापना भएको काठमाडौंस्थित साइबर सुरक्षासम्बन्धी कम्पनी हो, जसले आइटी प्रणाली परीक्षण, नेटवर्क सुरक्षा, जोखिम मूल्यांकन, नीतिगत सल्लाहलगायतका सेवा दिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच