
काठमाडौं । नेपालमा पहिलोपटक स्काईवेल पाइलट समिट २०२५ आयोजना गरिएको छ । यात्रा म्यागेजिनले पाइलट एसोसिएसन अफ नेपालका लागि आयोजना गरिएको समिटले हवाई सुरक्षामा पाइलटको भूमिकाबारे गहिरो संवाद र विमर्शको अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । कार्यक्रमको प्यानल डिस्कसनमा क्याप्टेन विजय लामा मोडरेटरका रूपमा प्रस्तुत हुनुभएको थियो भने एटिसी सुस्मिता रावत, रिटायर्ड पाइलट क्याप्टेन रवि कंसाकार, पत्रकार सुरज कुँवर र पाइलट तथा पर्यटन व्यवसायी सुनिल शाक्यको सहभागिता थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाश सुरक्षित बनाउने जिम्मेवारीमा पाइलटको भूमिका निर्णायक हुने बताउनुभयो । पाइलट एसोसिएसनको औपचारिक गठन नेपाली हवाई इतिहासको महत्वपूर्ण मोड भएको उहाँको भनाइ थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पाइलटहरूको एकता हवाई सुरक्षा अभिवृद्धिका लागि सहायक हुने विश्वास व्यक्त गर्दै राज्यका निकाय र पेशागत संघसंस्थाबीचको सहकार्यमा जोड दिनुभयो । समिटका अवसरमा पाइलट एसोसिएसन अफ नेपालको औपचारिक घोषणा गरिएको थियो । बुद्ध एयरका क्याप्टेन लेखनाथ पोखरेलको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
नवगठित एसोसिएसनको उपाध्यक्षमा क्याप्टेन सागर गजुरेल, महासचिवमा क्याप्टेन दिनेश बोगटी, कोषाध्यक्षमा विक्रान्त काफ्ले, सचिवमा नाजिर उदेन शेख र सदस्यहरूमा क्याप्टेन रविन्द्र डंगोल, क्याप्टेन सुरज भण्डारी, मेनित केसी, शिव पौडेल, अभिनन्दन खड्का र क्याप्टेन किस्मत पछाई रहेका छन् ।
समिटको मुख्य प्रायोजक स्काईवेलका आधिकारिक आयातकर्ता जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले समिटले दीर्घकालीन सहकार्यको ढोका खोल्ने बताउनुभएको थियो । कार्यक्रममा दुई सय ५० भन्दा बढी पाइलट र सयभन्दा बढी पर्यटन तथा उड्डयन क्षेत्रका विज्ञको सहभागिता थियो । एसोसिएसनको मूल नारा ‘आकाशमा एकता, जमिनमा प्रगति’ साकार पारौं’ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच