
काठमाडौं । वाइ वाइ चाउचाउले थोक बिक्रेतालाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक बिक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल हुनुभएको छ । उहाँलाई वाइ वाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक बिक्रेतालाई लक्षित गर्दै सञ्चालित थोक बिक्रेता उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइ वाइ चाउ चाउ खरिद गर्दा थोक बिक्रेतालाई पहेंलो कुपन र पाँच सय कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो, जसबाट थोक बिक्रेताले लक्की ड्रमा समावेश हुने अवसर प्राप्त गरेका थिए । लक्की ड्रमार्फत् भाग्यशाली थोक बिक्रेताले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने कम्पनीले जनाएको थियो । नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भन्नुभयो, ‘वाइ वाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउ चाउ बनिसकेको छ । यो पुरस्कारप्रति म निकै आभारी छु । यस्तो हौसलाले थोक बिक्रेतालाई अझै प्रेरित गर्छ ।’
कम्पनीका अनुसार सोही योजनाअन्तर्गत काठमाडौंको केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्ज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जित्नुभएको छ भने उपत्यकाका पाँच थोक बिक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक बिक्रेताले एलजी फ्रिज, ५० जनाले साश्वत धाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् । सो अवसरमा वाइ वाइका सिइओ पुडासैनीले वाइ वाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइ वाइप्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी वाइ वाइमा ग्राहक, थोक बिक्रेता र खुद्रा बिक्रेताप्रति प्रतिबद्ध छौं । गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच