
नेपालमा सरकार प्रभावकारी भएर अनि पूरा कार्यकाल नटिक्नु दशकौं अघिको समस्या हो । यसका विविध कारण हुन सक्छन् । देशमा सरकार नटिक्नु भनेको चुनावमा कुनै अमुक दलले पूर्ण वा सहुलियत बहुमत पाउनु, नपाउनु त हुँदै हो तर यसका अलावा देशमा राजनीतिक पछौटेपन, जनता चेतना र राजनीतिमा गलत मान्छेको पकड आदि बुझिन्छ । सरकार पटक-पटक परिवर्तन हुँदा मन्त्रालयको कुनै ठोस परियोजना समयमा सम्पन्न हुन नपाउनु, कसले त्यो विशेष काम सम्पन्न गरायो भनेर आमजनताले चिन्न पाई त्यसको सफलता वा असफलताको जिम्मेवारी लिने नपाउनु, समग्रमा देशको चौतर्फी विकास नै ठप्प हुनपुग्छ ।
कसरी अरूको नीति, राज वा योजनामा नयाँले अवसर खोसिदिँदा सरकार वा योजना बीचैमा अलपत्र भई ढल्छ, त्यसबारे जनकारी राख्नु उचित हुन्छ । यही एक प्रकारको चासोको विषय हो । अरूको नीति वा योजनामा नयाँले अवसर खोस्दा स्वाभाविक छ कि असली माष्टर माइन्डमाथि अन्याय हुन्छ र नक्कलीले केही आउटपुट पनि नदिई केबल समय, श्रम, धन आदि बर्बाद गरेको पछि ठहर्छ ।
आयरनी बुझ्नलाई नेपाली उखान आफू ताक्छ मूढो तर बञ्चरो ताक्छ घुँडो वा यस्तै कुनै अन्यलाई बुझ्दा हुन्छ । मैथिली भाषामा आयरनी बुझाउने ठ्याक्कै उखान हो ‘जहि लागि भिन्न भेली, वोहे पैरगेल बखडा’ । आयरनी भनेको भाग्यसँग सधैं जोडिएको हुन्छ ।
के हो आयरनी ?
आयरनी बुझ्नलाई नेपाली उखान आफू ताक्छ मूढो तर बञ्चरो ताक्छ घुँडो वा यस्तै कुनै अन्यलाई बुझ्दा हुन्छ । मैथिली भाषामा आयरनी बुझाउने ठ्याक्कै उखान हो ‘जहि लागि भिन्न भेली, वोहे पैरगेल बखडा’ । अर्थात्, दाजु र भाइबाट जे वस्तुको लागि छुट्टिएर अलगअलग बस्न चाहेको थिएँ त्यो वस्तु छुट्टिएपछि मेरै भागमा अंशबण्डा परेछ अर्थात् अंग्रेजी शब्द आयरनी भनेको भाग्यसँग सधैं जोडिएको हुन्छ । जसबाट मान्छे जोगिनलाई उम्किराखेको हुन्छ, भाग्यले लखेट्दै त्यही कुरासँग ठोक्काई दिन्छ । हुने कुरालाई कसैले टार्न सक्दैन भनेको यही हो । सोफोक्लिज्ले इसापूर्वमा लेखेका ग्रिक वियोगान्त नाटक इडिपस रेक्स यसको सर्वोत्तम उदाहरण हो । त्यस्तै २०५० सालतिर कक्षा १० मा विद्यालयमा अध्यापन गराइने अंग्रेजी विषयको एउटा लघु कथा ‘वेलकम टु समारा’ ।
नेपालमा पछिल्ला केही आयरनी
नेपालमा आयरनी नै आयरनी यस्ता पाइन्छन् विभिन्न क्षेत्रमा जसले गर्दा असली मान्छे, देश सधैं घाटामा रहे र असलीको अवसर नक्कलीले खोसिदिँदा असलीको मन त दुस्ख्यो, दुख्यो, उसभित्र उदासिनताले नक्कलीले काम गरेर बिगार्दा मतलब पनि राखिदिएनन् जस्तो छ । केही उदाहरण छन् । पहिलो, २०७२ सालको महाविनाशकारी भूकम्प नेपालमा धेरै सडक, ऐतिहासिक धरोहर, मठ, मन्दिर, सरकारी कार्यालय, घर आदि भत्काउँदा, त्यो पहिलो मान्छे डा.बाबुराम भट्टराई थिए जसले बोले कि सरकार चलाउ तिमीहरू तर ‘पुनर्निर्माण प्राधिकरण’ बनाएर मलाई जिम्मा देऊ, म भत्केकाका संरचना बनाइदिन्छु ।
उनी एकजना सबै कम्युनिष्ट दल मिलेर ‘नेकपा’ बनाउनुपर्नेमध्येका एक पनि थिए । डा.भट्टराईले पहिलोपल्ट अवधारणा ल्याए तर लगत्तै नेकपाका सारथीहरू केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल आदिले डा.भट्टराई लोकप्रिय बन्ने दाउ निकाले भनेर उनलाई नेकपामा पस्नै दिएनन् । तर, डा.भट्टराईको अवधारणामा टेकेर उक्त पुनर्निर्माण प्राधिकरणको चिफ बन्न वामदेव गौतमलगायत कही कर्मचारी पनि नक्कली सारथी बन्न चाहे तर देशमा आजसम्म विकास कछुवाकै गतिमा छ ।
उदाहरण दोस्रो, नेपालमा आज बच्चासमेतले जानेको पछिल्लो तथ्य के हो भने कि यहाँ लोडसेडिङ हटाउने बुद्धिभएको मान्छे देखापरेका कुलमान घिसिङ नै तत्काल हो तर विगत चार-पाँच वर्षदेखि यिनै सरकार प्रमुख केपी ओलीले घिसिङको ठाउँमा, सुनिए अनुसार, सालो हितेन्द्रमान शाक्यलाई बनाउन लागि परेर सफल पनि भइहाले । तर, विद्युत् आपूर्तिमा बिस्तारै शाक्यको कार्यकालको अनुमान पनि लगाइँदैछ १ तेस्रो, त्रिभुवन विश्वविद्यालयमा २०८० साल चैत १३ गते राजिनामा दिनुभएका भिसी केशरजङ बराल स्वयं चैतको २८ गते राजीनामा कुलपति केपी ओलीद्वारा स्वीकृत भएपछि आलेख नै लेखेर पत्रकारहरूलाई बाँडे जसमा प्रष्ट लेखेको छ कि उनी त्रिविकै पूर्वभिसी प्राडा.तीर्थराज खनियाँको त्रिवि भिजन सन् २०२० देखि सन् २०३० मै आफ्नो वर्क प्लान पेपरलाई कसरी लाने भनेर सात सदस्यीय समिति बनाएर फिट गरी त्यसैमा रहेर काम गर्दै थिए ।
अर्थात्, ओरिजिनल क्रिएटर त डा.खनियाँ रहेछन्, जो गतवर्ष २०८० पुस २० गतेको त्रिविको भिसीको दौडमा थिए तर पुष्पकमल दाहाल प्रचण्डको सरकारले असलीलाई नक्कलीले प्रतिस्थापन गरी बराललाई भिसी बजाइदिए चार वर्षका लागि । तर, परिणाम के हो भने कि डा.बराल अरूको भिजन पेपरलाई कार्यान्वयन गर्ने क्षमता नभएर १३ महिनामै राजीनामा दिएर गए, अब अर्को भिसीका लागि कसलाई अब बायोडाटा भर्नलाई दिने वा कि असली क्षमतावान उनै डा.खनियाँलाई त्रिविको पुनर्संरचना गर्नलाई दिने ?
लोभलालचले दलका नेताहरूलाई अलोकतान्त्रिक मात्रै नभई अनैतिक पनि बनायो र तेस्रो ठूलो दलले देश अस्थिर बनाइरहेको छ । जसले ठूलो दल बनेर सरकार पाउनुपर्ने थियो उसको ठाउँ नक्कलीले पाउँदै गए र राजनीतिक दलहरूबीच थुप्रै वैमनस्यता उत्पन्न भए ।
यस्तै, त्रिवि प्राध्यापक संघ, नेपाल प्राध्यापक संघहरूको नेतृत्व चयनमा देखिन्छन् कि जो प्राध्यापकलाई नेपालको उच्च शिक्षाबारे जानकारी छ, विकास गर्ने आइडिया छ, गर्विला इतिहास थाहा छ, उनीहरूलाई कहिल्यै मौका नदिने । तर, राजनीतिक दलका नेताको घरदैलोमा पहुँच बनाएका कथित प्राध्यापकलाई केन्द्रीय नेतृृत्ववमा पठाइदिन्छ, जसले न कुनै काम गर्छ, न समयमा विज्ञापन, न आफ्नो कार्यालयको सम्पत्ति र प्रतिष्ठाको रक्षा गर्न सक्छ र नै त योग्य उत्तराधिकारीलाई अधिवेशन समयमै गरेर जिम्मा लगाउन सक्छन् ।
पछिल्ला आयरनी सरकारहरू
२०८९ को आमचुनावमा नेपाली कांग्रेसले सत्ता अलायन्स माओवादी केन्द्रसँग गरेर संसदमा ठूलो दल बन्यो । विश्वव्यापी लोकतान्त्रिक नियम र प्रचलन अनुसार पाँच वर्ष कांग्रेसको नेतृत्वमा केन्द्रीय संघीय सरकार रहनुपथ्र्यो, जितेको सिट संख्या हैसियत अनुसार माओवादी र अन्य वा थपिनेले मन्त्री संख्या पाउने थिए । तर, भारतकै उदाहरण लिने हो भने सरकार प्रमुखलगायत राष्ट्रपति, उपराष्ट्रपति, सभामुखहरू सबै कांग्रेसको हुनुपथ्र्यो र प्रदेशको हकमा भने कहाँ कसले कति जितेको छ, सो अनुसार सत्ता सहयात्री दलले मुख्यमन्त्री पाउनुुुपर्ने थियो । चुनावपछि माओवादीको चित्त कांग्रेससँग नबुझे एमालेसँग जाँदा एमालेले नै ठूलो दलको हैसियतमा पाउनुपर्ने अडान रमख्नुपथ्र्यो, जसले माओवादीलाई कि कांग्रेस वा कि एमालेसँग बस्न कर लाग्थ्यो ।
तर, लोभ र लालचले दलका नेताहरूलाई अलोकतान्त्रिक मात्रै नभई अनैतिक पनि बनायो र तेस्रो ठूलो दलले देश अस्थिर बनाइरहेको छ । जसले ठूलो दल बनेर सरकार पाउनुपर्ने थियो उसको ठाउँ नक्कलीले पाउँदै गए र राजनीतिक दलहरूबीच थुप्रै वैमनस्यता उत्पन्न भए । परिणामतः पछिल्लो चरणमा कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाको सूत्रमा देशमा स्थिर सरकारको लागि पहिलो र दोस्रो दलबीच सरकार बन्यो । यो स्तम्भकारले सुरुदेखि लोकतन्त्रमा ठूला दलहरू सरकार बनाए अनि प्रतिपक्ष कमजोर भए भ्रष्टाचारबारे कसले बोल्ने र सुन्ने भन्ने प्रश्न उठाएकै हो । तर, सरकार कसरी बनिदियो भने जो यस सिद्धान्तका क्राट्सम्यान डा.कोइराला हुन्, उनको आइडिया सभापति शेरबहादुर देउवाका मान्छे रमेश लेखकद्वारा टेक्निकल्ली खोसिदिए अनि लेखक अब क्राफ््ट्सम्यान तर डा.कोइराला सडकमा र सरकारको प्रभावकारिता बारे आमनेपाली जानकार छन् आज ।
निष्कर्ष :
नेपालको हरेक क्षेत्रमा आज काबिलियत भएका मान्छेलाई रुवाउँदै चालाखहरू अगाडि बढ्दा देशको दुर्दशा भएको हो । हामी राजनीतिक रूपमा बेइमान र अनैतिक हुँदा सरकार अस्थिर र अगतिलो सावित भइरहेका छन् । सोफोक्लिज्को ग्रिक नाटक इडिपस कम्प्लेक्सको सुरुमै राजा इडिपसले एपोलोमा बस्ने दृष्टिविहीन भविष्यवेत्तालाई देशमा अचानक आइपर्ने आपत्बाट निर्दोष नागरिकलाई बचाउने उपाय के हो भन्दा उनले कम बालेर भन्छन् कि जसले यस देशको राजालाई मारेर अनैतिक कर्म गरेको छ, उसलाई उचित दण्ड नदिइउन्जेल यहाँ सुधार हुनेछैन । नेपालमा यस्ता दण्ड पाउने धेरै छन् तर कसले कसलाई दण्ड दिने ? तर, स्वयं नेताहरूले मबाट यहाँ बिग्रेको हो भनेर स्वीकारोक्तिसम्म गरेर असली हकदारलाई स्वाभाविक क्रेडिट दिएर अब पनि अगाडि आउन दिए भने सुधारहरू देखिन थाल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच