काठमाडाैं । गाजाको नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा धेरै इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा पट्टीको उत्तरी भागमा रहेको जबालिया शरणार्थी शिविरमा रहेको प्रहरी चौकीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा मारिएका १० प्रहरी अधिकारीहरू पनि थिए ।
नागरिक रक्षाका प्रवक्ता महमूद बसालले आक्रमणबाट प्यालेस्टिनीहरू घाइते भएको र घरहरूमा क्षति पुगेको बताउनु भयो । इजरायली सेनाले एक प्रेस विज्ञप्तिमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादको लागि कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टरको रूपमा काम गर्ने सुविधालाई लक्षित गरेको बताएको छ ।
इजरायली सेनाका प्रवक्ता एविचे अद्राईले उक्त परिसर इजरायली नागरिक र सैन्य कर्मचारीहरू विरुद्ध आक्रमण समन्वय गर्न प्रयोग गरिएको थियो । हमास र पीआईजे दुवैले अहिलेसम्म आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।
इजरायलले मार्च १८ मा गाजा पट्टीमा आफ्नो गहन आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा १ हजार ९ सय ७८ प्यालेस्टिनीहरू मारिएका छन् । ५ हजार २ सय ७ जना घाइते भएका छन् । जबकि अक्टोबर २०२३ देखि कुल प्यालेस्टिनी मृत्यु हुनेको संख्या ५१ हजार ३५५ पुगेको छ ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं