
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताउनुभएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताउनु भयो ।
उहाँले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउनु भयो । उहाँले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताउनु भयो । सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताउनु भयो ।
उपप्रमुख डंगोलले भन्नुभयो, ‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ । भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चाद् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’
उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच