
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताउनुभएको हो । उहाँले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गर्नुभयो । गभर्नरर विभिन्न आयोगहरुमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उहाँको भनाइ छ ।
उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति र सडक शिक्षक, स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज नढाँकेको अवस्था छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ । यस विषयमा सरकार गम्भिर होस् । निजी क्षेत्रको अवस्था पनि दयनीय छ । सरकारप्रति विश्वास छैन । अहिले बैंकले कम ब्याजमा ऋण प्रवाह गर्छु भन्दा पनि व्यवसायीहरु ऋण लिएर व्यापार व्यवसाय फैलाउन चाहेका छैनन् । लगानीको सुनिश्चितता छैन । निजी क्षेत्रलाई हर्ने सरकारको दृष्टिकोण नै गलत छ । पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय बाहिर आएको छ, शिक्षकहरु लामो समयदेखि आन्दोलनमा हुनुहुन्छ । सहकारी पीडितहरुले बचत फिर्ता आएका छैनन् । जसले दैनिक १८ घण्टा काम गरी देशलाई उज्यालो बनाए उही व्यत्ति सरकारको निशानामा पर्यो । त्यसरि हेर्दा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानि छानि अवरोध गर्ने प्रवृत्ति देखियो । ’
उहाँले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकामा गएका दलहरुमध्ये अग्रसरता कसले लिने रु भन्दै प्रश्न गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच