
नवलपरासी-पश्चिम् । पश्चिम् नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमण बाट ४ जना घाईते भएका छन् ।जिल्लाको ग्रामिण भेग वडा नम्बर ६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका बर्ष ३६ का रघुबिर केवट सहित ४ जना चितुवाको आक्रमणबाट घाईते भएको प्रहरीले जनाएको छ
।
घाईते हुनेमा सोही ठाउँ निवासी बर्ष ३० का प्रेम कोईरी,बर्ष २८ का उमालाल कोईरी र सुस्ता गाउँपालिका ५ बस्ने बर्ष २७ का महमद मिया घाइते भएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनु भयो ।
केवटको ढाड खुट्टा र हातमा चोट लागेको छ भने अन्यको पनि हात र खुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचारपछि उनीहरु सबै घर फर्किएका छ्न् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच