
काठमाडौं । सरकार र २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार हुने भनिएको वार्ता रोकिएको छ ।
वार्ताका लागि शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेर पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा नपुगी फर्किएको हो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिँदै भन्नुभएको छ, 'आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।
साथै उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच