
भोजपुर । भोजपुर सदरमुकामबाट दक्षिणमा रहेको हतुवागढी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकालाई प्रतिवद्वता हस्ताक्षर सहित पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नु भएको थियो । उहाँले आगामी दिनमा पुर्ण खोपयुक्त पालिका बनाउन निरन्तर काम गर्न सवैपक्षलाई आग्रह गर्दै सुनिश्चितता पछि दिगोपना ल्याउने गरि काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यलयका प्रमुख राजु कुमार श्रेष्ठले सरकारले प्रदान गर्ने सम्पूर्ण खोप बालबालिकाले पाएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुने बताउनुभयो । उहाँले क्रमिकरुपमा अन्य पालिकाहरुलाई पनि घोषण गरेसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच