
हेटौंडा। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८० सार्वजनिक गरिएको छ ।
शुक्रबार हेटौंडामा मुख्यमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री किरण थापामगरले निर्देशिका सार्वजनिक गर्नुभएको हो ।
विश्व स्वास्थ्य संगठनले अघि सारेको योजना देशमै पहिलो पटक बागमती प्रदेशमा लागु गर्न लागिएको हो । सबै क्षेत्रले स्वास्थ्यलाई केन्द्रमा राखेर नीति बनाउनुपर्छ भन्ने निर्देशिकाको मुख्य उद्धेश्य हो । कृषि उत्पादन गर्दा पोषणमा ध्यान दिनुपर्छ । विषादी र रासायनिक वस्तु प्रयोग गर्नु हुँदैन । खानेपानीले स्वस्थ्य खानेपानी उपलब्ध गराउनुपर्छ । सडकका कारण दुर्घटना हुनु हुँदैन ।
मुख्यमन्त्री र मन्त्रीहरुको उपस्थितिमा छलफलबाट प्रारम्भ भएको निर्देशिका तयार गर्ने कार्य सचिवस्तरमा, महाशाखा हुँदै सरोकारवालाहरुसंगै छलफल गरेर तयार गरिएको हो । बागमती प्रदेशका सबै जिल्ला समेटिने गरी सरोकारवालासंग यस सम्बन्धमा छलफल गरिएको थियो ।
प्रदेश सरकारको २०८० फागुन ८ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएर निर्देशिका २०८० चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशन भएको हो । निर्देशिका सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले हरेक तहले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर नीतिनिर्माण गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सबै मन्त्रालयसंग जोडिने विषय भएकाले मन्त्रालयको नीति स्वास्थ्यमैत्री हुनुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालय एक्लैले मात्र सुधार ल्याउनसक्ने भएकाले सबै मन्त्रालयले एकापसमा समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्र एक्लैको प्रयासबाट मात्र स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गरी नागरिकलाई स्वस्थ्य राख्न र रोगमुक्त बनाउन कठिन भएकाले स्वास्थ्य सेवाप्रवाहमा बहुक्षेत्रीय तथा बहुपक्षीय समन्वय, सहकार्य, साझेदारी र सहभागितामा स्वास्थ्यसंगै सम्बन्धित बिभिन्न कार्यक्रम, योजना, कार्यान्वयन र अनुगमन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्रालय सचिव सुमित्रा गौतमले प्रस्तुतिकरणमार्फत् निर्देशिकबारे जानकारी गराउनुभयो निर्देशिकाले स्वास्थ्य क्षेत्रमा रहेका असमानता सम्बोधन गर्न सहयोग पुर्याउने मन्त्रालयले जनाएको छ । सबै नीतिमा स्वास्थ्य अवधारणा लागु गरेर सरकार र नीतिनिर्माताहरुले विभिन्न क्षेत्रका नीति कार्यक्रमहरुले स्वास्थ्यमा पारेको प्रभावलाई मध्यनजर गर्नसक्ने सचिव गौतमले बताउनुभयो । बागमती प्रदेश सरकारको पहिलो आवधिक योजनामा समेत सबै क्षेत्रका सार्वजनिक नीतिहरुको तर्जुमा र कार्यान्वयनमा स्वास्थ्य सम्बन्धि विषयहरुलाई समावेश गर्ने उल्लेख छ ।
बागमती प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८० स्वीकृत गरेको थियो । निर्देशिका स्वीकृत भएसंगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकासनिर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने भएको छ । सबै नीतिमा स्वास्थ्य नीति लागु गर्ने योजनाले सार्थक रुप लिएको र अब प्रत्येक मन्त्रालयका नीतिनिर्माणमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नयाँ स्वास्थ्य नीति बनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले नयाँ संविधान र संघीय संरचनालाई केन्द्रमा राख्दै नयाँ नीति बनाउन लागेको हो । मन्त्रालयले नीतिको प्रारम्भिक खाका (मस्यौदा) तयार पारेको छ । उक्त मस्यौदालाई छलफलमा लगेर मन्त्रालयले नीतिको अन्तिम रुप तयार पार्ने भएको छ । मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै छलफलको प्रक्रियासमेत अगाडि बढाएको छ ।
राष्ट्रिय स्वास्थ्य नीति, २०७५ मुलभूतरुपमा नेपालको संविधान, संघीय संरचना र गुणस्तरीय स्वास्थ्यसेवामा सर्वव्यापी पहुँचबाट निर्देशित छ’ मन्त्रालयले सार्वजनिक गरेको नीतिको प्रारम्भिक खाकामा भनिएको छ । मस्यौदाअनुसार मन्त्रालयले संविधानप्रदत्त नागरिकका स्वास्थ्यसम्बन्धि मौलिक अधिकार सुनिश्चित गर्न निर्देशक सिद्धान्तहरुका आधारमा नीति प्रतिपादन गरेको हो ।
आधारभुत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने नागरिकको मौलिक अधिकार, स्वास्थ्यसेवामा समतामूलक पहु“च, संघीय संरचनाअनुरुप स्वास्थ्य प्रणालीमा सुधार, नवीन प्रविधि प्रयोग तथा गुणस्तरीय स्वास्थ्यसेवा, वहुक्षेत्रीय साझेदारी तथा सहकार्य र स्वास्थ्य सुशासन सिद्धान्त छन् । नीतिमा सम्पूर्ण नेपाली नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मकरुपमा स्वस्थ्य, उत्पादनशील तथा जिम्मेवार भइ गुणस्तरीय जीवनयापन गरेको हुने विषयलाई भावी सोचमा राखिएको छ । मस्यौदामा स्वास्थ्यका प्रमुख २४ वटा नीति राखिएको छ भने त्यसअन्तर्गत प्रत्येक नीतिका रणनीतिहरु छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच