
झापा । झापा जिल्ला सहकारी संघको निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेले पूर्वसहमति उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम नै बहिष्कार गरेको छ ।
संघको भोलि हुने निर्वाचनका लागि दुई सत्ता घटक कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए ।अध्यक्षसहित दुई तिहाई पद एमाले र वरिष्ठ उपाध्यक्षसहित एक चौथाइ पद कांग्रेसले लिने सहमति भएको थियो ।
कांग्रेस जिल्ला सभापति देउकुमार थेवे र एमाले झापा अध्यक्ष प्रेम गिरी सहित जिल्ला संयन्त्र बीच भएको सहमति बहाना गरेर एमालेले उल्लंघन गरेपछि कांग्रेसले चुनाव बहिष्कार गरेको छ ।
'एमालेले सहमतिको ठाडो उल्लंघन गर्यो, जिल्ला नेतृत्व बीच भएको सहमतिमा एमाले अडिग रहेन' कांग्रेस झापा सचिव नवीन विमलीले भन्नुभयो । एमालेले कांग्रेसले लिने सहमति भएका पदमा उम्मेदवारी दिएपछि कांग्रेसले निर्वाचन बहिष्कार गरेको सचिव विमलीले बताउनुभयो । उहाँले भन्नुभयो, 'कांग्रेसले लिने सहमति गरिएका अधिकांश पदमा एमालेले उम्मेदवार दियो, सहमति लत्यायो, एमालेको हठले सहमति तोडिएको हो ।'
कांग्रेस झापा सभापति थेवेले विज्ञप्ति निकालेर कांग्रेस निर्वाचनमा सहभागी नहुने निष्कर्षमा पुगेको बताउनु भएको छ । संघका २२ पदमध्ये कांग्रेसले सात र एमालेले १५ पद लिने चैत २३ गते सहमति भएको थियो । दुई दल बीच कांग्रेसले वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव , क्षेत्रगत आधारमा २ र ५ दुई सदस्य र खुल्ला महिला सदस्य र एक लेखा सदस्य लिने सहमति भएको थियोे ।
कांग्रेसको भागमा परेका सहसचिव र सदस्य पदमा एमालेले उम्मेदवारी दिएपछि सहमति भंग भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले संघको विषयमा एकपक्षीय रूपमा सहमति उल्लंघन गरेकोले जिल्ला स्तरीय दुई दलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिन संसय पैदा भएको जनाएको छ । झापा कांग्रेसले संघमा भएको सहमति पालनामा एमाले प्रतिबद्ध रहे पार्टी बाधक नबन्ने जनाएको छ ।
संघको निर्वाचन कार्यालयमा कांग्रेसले तालाबन्दी समेत गरेको छ । एमालेले एकपक्षीय रूपमा सहमति लत्याएपछि तालाबन्दीसम्मको अप्रिय कदम उठाउनु परेको कांग्रेस पक्षले जनाएको छ ।
कांग्रेस सहकारी विभाग संयोजक दुर्गाप्रसाद सापकोटाले असहज वातावरण रहेसम्म तालाबन्दी कायम रहने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच