
काठमाडौं । हाउस अफ फेसनद्वारा आयोजित ‘मिसेस भोग नेपाल सिजन-२’ की विजेता मिसेस सुमी मल्ल मिसेस टुरिज्म क्विन इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
हाउस अफ फेसन नेपालद्वारा आयोजना गरिएको प्रतियोगितामार्फत् विजयी हुनुभएकी उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको हो ।
बिहीबार बैंकक प्रस्थान गर्नुअघि मल्लले आफू प्रतिष्ठित मिसेस टुरिज्म क्विन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न तयार भएर जान लागेको प्रतिक्रिया दिनुभएको थियो ।
सुमीले विश्वभरिका २५ जना सक्षम महिलाहरूसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, जसको ग्राण्ड फिनाले यही मे १ अर्थात् वैशाख १८ गते थाइल्याण्डको जीवन्त शहर बैंककमा आयोजना हुँदैछ ।
हाउस अफ फेसन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गर्नुभएकी सुमी आत्मविश्वास, सौन्दर्य र दृढताका साथ यो प्रतियोगितामा सहभागी हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच