
काठमाडौं । दीपेन्द्र अधिकारीको शब्द रचना रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै संगीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवं सम्पादन रहेको गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमिरेलाई फिचरिङ गरिएको छ । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवतीबीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।
भिडियोका निर्देशक वीरेन्द्रका अनुसार कथाको मागअनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वती कुण्डवरिपरिका रमणीय स्थानहरूमा दुई दिन लगाएर भिडियोको छायांकन गरिएको हो । महेश महराको छायांकन रहेको भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक-अर्काप्रतिको समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई मनमोहक ढंगमा प्रस्तुत गरिएको छ । भिडियो वल्र्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
भिडियो सार्वजनिक भएपछि आफ्नो भावना अनुरूप शब्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार दीपेन्द्र अधिकारीले दिनुभएको छ । यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल (मामा भाञ्जीको गीत)’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपाली (दशैँ–तिहार)’, ‘सपना सजाई’ लगायतका गीत श्रोता÷दर्शकमाझ ल्याउनुभएका अधिकारी लामो समयदेखि जापानलाई कर्मथलो बनाएर नेपाली गीत–संगीत तथा साहित्यमा निरन्तर क्रियाशील रहनुभएका सर्जक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच