
मानिसको मस्तिष्कमा राजधानी भन्नासाथ सफा, स्वच्छ र सबै सुविधाले सम्पन्न स्थानविशेष मानिएको हुन्छ । यही कल्पनाको पोको बोकेर राजधानीबाहिरका मानिस राजधानी छिरेका हुन्छन् । विदेशी पर्यटकहरूले पनि भव्य र सभ्य मान्यताले भरिएको ठाउँलाई राजधानी मानेका हुन्छन् र भ्रमणको आनन्द लिन चाहन्छन् । विदेशको प्रवेशाज्ञा पाएर उडान भर्न आएको युवकको पनि यही कल्पना रहेको हुन्छ । प्रवेशाज्ञा पाउनका लागि आउने युवकमा पनि यस्तै सोच रहेको हुन्छ । उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थी पनि यही सपना लिएर आएका हुन्छन् राजधानीमा । राजधानीमा व्यवसाय गरेर जीवन निर्वाह गर्ने व्यवसायीका पनि यस्तै सपना रहेका हुन्छन् राजधानीका बारेमा ।
यस्तै-यस्तै कल्पनाले भरिएको राजधानीको तापक्रममा एक्कासि परिवर्तन भएको छ । प्रकृति वसन्त ऋतुको मध्यमा छ । प्रकृतिको न्यानोपनमा रमाएको राजधानीलाई विविध किसिमका आन्दोलनले समेत तताएको छ । विगत पच्चीस दिनदेखि सरकारी विद्यालयका गुरुहरू आन्दोलनमा होमिएका छन् । प्रकृतिको तातोसँगै उनीहरूको जीवन पनि कष्टकर बन्दैगएको छ । उनीहरूको आन्दोलनलाई समयमा सम्बोधन गर्न खोजेकी शिक्षामन्त्रीले सरकार प्रमुखको असहयोगका कारण मन्त्रीबाट राजीनामा दिएकी छिन् । भर्खरमात्र राजनीतिले खारिएका व्यक्ति उक्त पद सम्हाल्न आएका छन् । यिनको अवस्था पनि पूर्वमन्त्रीको जस्तो नहोस् ।
रापिएको राजधानीलाई गुरुको आन्दोलनले अझ तताएको छ । राजधानीमा बसेर दैनिक गुजारा गर्ने मानिसको दिनचर्या अस्तब्यस्त बनेको छ । गुरुको आन्दोलनलाई निस्तेज पार्न सरकार निरन्तर लागिपरेको छ तर सकेको छैन । सरकारका हरेक क्रिया गुरुको आन्दोलनका अघि निस्तेज भएका छन् ।
रापिएको राजधानीलाई गुरुको आन्दोलनले अझ तताएको छ । राजधानीमा बसेर दैनिक गुजारा गर्ने मानिसको दिनचर्या अस्तव्यस्त बनेको छ । गुरुको आन्दोलनलाई निस्तेज पार्न सरकार निरन्तर लागिपरेको छ तर सकेको छैन । सरकारका हरेक क्रिया गुरुको आन्दोलनका अघि निस्तेज भएका छन् । गुरुलाई सडकको बासिन्दा बनाएर सरकार देशको मुहार फेर्न खोज्दैछ भन्नुलाई आजको समाजले गिज्याएको छ । सरकार तातेको छैन । गुरुहरू तातिरहेका छन् । यस्तो अवस्थामा सरकार वार्ताका माध्यमबाट समाधानमा पुग्न सकेको छैन । अब ढिला नगरौँ । वार्ता र समझदारीका माध्यमबाट यस आन्दोलनलाई विश्राममा पुर्याउने अठोटमा लागौँ ।
गुरु विजय चाहन्छन् तर शिष्यसित पराजय
गुरु नाविक हो । सबैलाई नदी पारि पुर्याएर ऊ आफू वारि नै रहने गरेको हुन्छ । उसलाई न त कुनै शिष्यले पारि नै राख्ने प्रयास गर्दछन् । न त ऊ पारि बसेर नै जीवन बिताउन सक्छ । ऊ शिष्यको उन्नति र प्रगतिमा सदा गर्व गरेर बसेको हुन्छ । उसको चाहना हरेक शिष्य जीवनको गोरेटोमा सफल बनून् भन्ने नै हुन्छ । उसको पहिचान नै नाविक सरह मानिएको छ ।
यही हो गुरुको कामना । यही हो गुरुको चाहना पनि । गुरु कहिल्यै पनि शिष्यको भविष्य र उसको अध्ययनसित खेलबाड गर्न सक्दैन । उसको आत्माले नै त्यस कुरालाई स्वीकार गर्दैन । गुरुभित्रको सबै ज्ञान लिन सक्ने अधिकार शिष्यसित रहेको हुन्छ । शिष्यले कति ग्रहण गर्न सक्छ भन्नुमात्र हो । यही आधारमा टिकेको छ गुरु र शिष्यको सम्बन्ध । गुरु शिष्यको सम्बन्धलाई अन्तेवासीको सम्बन्धका रूपमा पनि लिइएको हुन्छ । गुरुका सम्बन्धमा कबीरदास भन्छन् : गुरु गोविन्द दोऊ खडे काके लागूँपाँय । बलिहारी गुरु अपने गोविन्द दियो बताय । एकै ठाउँमा गुरु र ईश्वर रहेको अवस्थामा कसलाई पहिले प्रणाम गर्ने । यस्तो अवस्थामा मानिस अलमल पर्न जान्छ । मलाई ईश्वर चिनाउने गुरु हुन् र गुरु ईश्वरभन्दा ठूला हुन् भन्ने तथ्यलाई यसले प्रमाणित गरिदिएको छ । गुरुको सम्मान र इज्जत सदा अरूभन्दा बढी हुन्छ । शिष्य अब्बल भएमा । शिष्यले गुरुलाई त्यो सम्मान दिनसक्छ जो उसले अध्ययन गरेर पाएको छ । उसको जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा गुरु हो तर त्यही गुरु आज लाचार छ आफूले पढाएका शिष्यका अघि ।
राजनीतिमा हस्ती जो अध्ययन गरेका छन् उनका पनि गुरु थिए होला ? आज गुरु सडकमा छ । शिष्य रमिता हेरेर बसेको छ । कति लाचार छन् हाम्रो देशमा गुरु । आदर सम्मानमा पर्याय बनेका गुरु शिष्यबाट नै अपहेलित बनेका छन् । धन्य मेरो देश ! धन्य हाम्रा राजनीतिका हस्ती ! गुरुहरूका माग जायज छन् भने पहिले नै पूरा गरिदिनु पर्ने तर त्यसो हुन सकेन । विगत पच्चीस दिनदेखि सडकमा रापिएको गुरु लाचार, निरीह र किंकर्तव्य विमूढ बनेर उभिएको छ आफ्नै शिष्यको अघि । यही हो शिक्षाको विकास । गणतन्त्रपछिको शिक्षामा आएको परिवर्तन । आन्दोलन अधिकारका लागि गरिएको हुन्छ ।
आन्दोलन गरिरहेका गुरुप्रति कता कता अभद्र टिप्पणी पनि सुनिने गरेका छन् सामाजिक सञ्जालमार्फत तर त्यो सत्य होइन । आन्दोलनमा अभद्रता छैन । आन्दोलन हिंसात्मक पनि छैन । भद्र र शालीन तरिकाले गुरुहरू सडकमा छन् । सरकार मौन छ । सरकार शिक्षकलाई लत्याएर कक्षा १२ को परीक्षा गराउने रणनीतिमा समेत पुगेको देखियो तर असफल भयो ।
देशमा देखिएको आन्दोलनको रापले कहिलेसम्म आफूलाई जीवन्त राख्ने हो पत्तो छैन । राजनीतिमा सुधारको आवश्यकता देखिएको छ । राजनीतिको मियो दरो हुनु अनिवार्य छ । दुईतिहाइको मियो पनि यति कमजोर किन भयो । सरकारले आन्दोलनरत गुरुका समस्याको यथोचित हल खोजोस् ।
राजनीति सिकाउने गुरु ! निर्वाचनका समयमा घरघरमा पुगेर मत माग्ने गुरु ! मतदानमा सक्रिय सहाभागिता जनाउने गुरु ! आफ्ना शिष्य देश बदल्ने रणनीति लिएर निर्वाचनमा होमिएकोमा सबैभन्दा खुशी हुने गुरु ! त्यही गुरु यति लाचार देखिएको नेपालमा मात्र होला ! अन्य देशमा यस्तो अवस्था पक्कै पनि छैन होला ! यस्तो अवस्थाको सिर्जना गर्ने राजनीतिप्रतिको वितृष्णा आजका गुरुले सबै शिष्यमा भरिदिए राजनीति गर्ने नेताको हालत के होला ? कल्पना पनि गर्न सकिँदैन । गुरुले पढाएको शिष्य राजनेता भयो । गुरु उही विद्यालयमा गुरुको रूपमा नै रहृयो किन यस्तो । सम्मान पाउन असफल भएको गुरु सडक आन्दोलनको पर्याय बनेर उभियो । धन्य मेरो देश र देशको राजनीति ।
राजनीतिमा सुधार भएन
राजनीति जनता र देशका लागि गरिन्छ । नेपालमा त्यसो भएन । राजनीतिको रोटी नेता र नेताका आफन्तले मात्र सेके । आज गुरु आन्दोलनमा छन् । चिकित्सक आन्दोलनरत छन् । नेपाल सरकारका कर्मचारी पनि आन्दोलनमा छन् तर सरकार आफ्नै बारीमा पाकेको फल टिप्न हतारिएको छ । देश आन्दोलनमय बनेको छ । विपक्ष आन्दोलनमा छ । राजवादीहरू सक्रिय बनेर देखिएका छन् । उनका नाइकेलाई सिंहदरबारबाट नै गिरफ्तार गरिन्छ । सबै दलका नेता ज्ञानेन्द्र शाह सामान्य नागरिक हुन् । उनले अब सत्ताको सुखका सपना नदेखे हुन्छ भन्छन् तर सबै राजनीतिक दल तर्सिएका छन् किन ? सबै आफ्नो शक्ति प्रदर्शन देखाउन तम्सिएका छन् किन ? यस्तो अवस्था सिर्जना गर्ने नेपाली जनता हुन् र ? यस्तो अवस्थाको सिर्जना स्वयं राजनीतिक दलले गरेका हुन् । राजनीतिमा सुधार देखिनुपर्ने थियो देखिएन ।
गणतन्त्रको यो पहिचान आजको होइन । गणतन्त्र आएको पनि धेरै नै भयो । सबै आन्दोलनमा छन् । आन्दोलनबाट सबै पाइन्छ भन्ने विश्वास आजको नेपालको राजनीति बनेको छ । सरकार अभिभावक हो । अभिभावकसित माग्ने अधिकार परिवारका सदस्यसित रहेको हुन्छ । देशमा देखिएको यो आन्दोलनको रापले कहिलेसम्म आफूलाई जीवन्त राख्ने हो पत्तो छैन । राजनीतिमा सुधारको आवश्यकता देखिएको छ । राजनीतिको मियो दरो हुनु अनिवार्य छ । दुईतिहाइको मियो पनि यति कमजोर किन भयो । सरकारले आन्दोलनरत गुरुका समस्याको यथोचित हल खोजोस् । तत्कालीन शिक्षामन्त्रीले नैतिकता देखाइन् । समस्याको समाधान गर्न सकिँदैन भने पदमा बसिरहनु भारमात्र हो । आफूले विद्यार्थीलाई नैतिकताको पाठ पढाउने उनी हटिन् ।
उनी आफैँ पनि पहिले गुरु नै थिइन् । गुरुका समस्याको हल निकाल्न खोजेको पनि देखियो तर सरकार प्रमुखको रवैयाले उनलाई उक्त पदमा बसिरहन नैतिकताले दिएन र मार्ग प्रशस्त गरिन् । उनको यो काम नैतिकताको पहिचान हो । राज्यको पहिचान सरकारको नेतृत्वबाट हुने गर्दछ । आन्दोलनको रापमा रापिएका प्रधानमन्त्री आफ्नोबाहेक अरू कसैको कुरा सुन्नसक्ने अवस्थामा हुँदैनन् । उनको नेतृत्वमा गठन भएको सरकारले गुरुलाई समेत रुवायो । गुरुका समस्याको समाधानमा सक्रिय हुनुपर्ने उनी गुरुलाई सत्तोसराप गर्न लागिपरेका छन् । सामाजिक सञ्जालबाट गुरु र गुरुहरूको आन्दोलनलाई सत्तोसराप गर्नुभन्दा सरकारलाई खबरदारी गरेमा उपयोगी हुने थियो ।
गुरुका मागलाई सम्बोधन गरेर उनीहरूलाई विद्यालय पठाउन अनिवार्य भइसक्यो । सरकारका काम सन्तोषजनक देखिएका छैनन् । सरकार हरेक काममा विवादित बनेर देखियो । विवादमा रहेर नै राजनीतिको पहिचान गतिलो हुन सक्दैन । त्यसैले काम गर । राजनीति गर्ने हो भने आचरण सुधार । देशलाई गति दिन सक्रिय बन । राजनीतिमा सुधार भएमा देशको हरेक क्षेत्रमा सुधार हुन्छ । यो सार्वजनीन सत्य हो । यही सत्यलाई मनन गर र सुधार गर । आफू पनि सुधारिएर राजनीति र आन्दोलनले तातेको राजधानीलाई शीतलता दिने प्रयास गर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच