काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता वैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो ।
यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण २०८० सालको जेठ १५ गते सम्पन्न भएको थियो, जहाँ काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जित्नुभएको थियो । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल संघले गरेको छ । पहिलो संस्करणमा १११ जना खेलाडीको सहभागिता रहेको र यसपटक १५० बढी खेलाडी सहभागी हुने बताइएको छ ।
यसपटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र सात लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्नेछन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र पाँच लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।
प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्रमशः तीन महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो हुनेले सात हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट अनरेटेड (रेटिङ नभएका खेलाडी), उत्कृष्ट यू-१६ (१६ वर्षमुनि), यू-१८ (१८ वर्षमुनि) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट बीमा खेलाडीलगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय सहकारी महासंघले खेलमार्फत् सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवद्र्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलमार्फत् योगदान पु¥याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरेको छ ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य