काठमाडौं । गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन छ । गीतको भिडियोको छायांकन काठमाडौंलगायत ललितपुरका विभिन्न रमणीय ठाउँमा गरिएको छ । भिडियोमा गीतकार विनोद अधिकारी मुख्य भूमिकामा देखिनुभएको छ । उहाँको साथमा अभिनेत्री आयुष्मा कार्की र रोविन पोख्रेलले अभिनय गर्नुभएको छ ।
भिडियोलाई संगीतकार विपिन आचार्यले निर्देशन गर्नुभएको हो । भिडियोको छायांकन दुर्गाप्रसाद पौडेलले गर्नुभएको हो भने दृश्य सम्पादन विकास ज्ञवालीले गर्नुभएको छ । ‘बैमानी’ गीतको भाव चोखो मायामा हुने धोका र विश्वासघातमा आधारित वियोगान्त कथा रहेको छ ।
नेपालका विभिन्न कलेजहरूमा अध्यापन गराउनुका साथै प्लसटुदेखि बिबीएससम्मका एकाउन्टिङ बुक सिरिजका लेखकसमेत रहनुभएका विनोद विगत सात वर्षदेखि अष्ट्रेलियाको डार्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरू शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आउनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं