
काठमाडौं । सुरेन गौतमको स्वरमा रहेको गीत ‘परिबन्ध’सार्वजनिक गरिएको छ । सरेनकै शब्द, र कल्याण सिंहको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा सकु शाह र लोमस शर्मालाई फिचरिङ गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ ।
भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद् प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एकअर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्ला दिशातर्फ डोर्याउँछ । राज पोख्रेलको छायांकन रहेको गीतको भिडियोमा विष्णहरि तिम्लिसिनाको दृश्य सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच