
काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । महेश काफ्ले र अस्मिता अधिकारीको स्वर, महेशकै शब्द रचना तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्माको अभिनय छ ।
जेठ २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रमा गरिमा र आशिफसँगै सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको चलचित्र हो । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच