
काठमाडौं । वरिष्ट गायिका एवं कलाकार ज्ञानु राणाले आफू सानै उमेरदेखि नै गायन क्षेत्रमा संलग्न भएको र केही सम्झन लायक काम गरेमात्रै जीवन सार्थक हुने विश्वासकासाथ अघि बढेको बताउनुभएको छ । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा भएको मानव पुस्त कार्यक्रममा मानव पुस्तकाको रूपमा मन्तव्यक्रममा आफ्ना पिता जनकवि केशरी धर्मराज थापाबाट आफू कलातर्फ आकर्षित भएको बताउनु हुँदै राणाले आफूले करिब चौध सय गीतहरुमा स्वर दिएको जानकारीसमेत दिनुभयो ।
राणाले वर्तमान राष्ट्रगानमा समेत स्वर दिनुभएको छ । नवपुस्तकालयले प्रत्येक महिनाको दोस्रो शनिबार मानव पुस्तक प्रस्तुत गर्ने गरेको छ । सोही क्रममा वरिष्ठ पत्रकार, साहित्यकार तथा साहित्य पोष्टका सम्पादक अश्विनी कोइरालाले आफ्नो पारिवारिक पृष्टभूमि, पत्रकारितामा संलग्ता तथा सहत्यि र साहित्यिक पत्रकारितामा रुचि वारे मन्तव्यकासाथ साहित्य पोष्ट सञ्चालनबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा हिमालय टाइम्सका सम्पादक साहित्यकार प्रा.पुरुषोत्तम दाहालले स्वतन्त्रताविना साहित्य नहुने र साहित्यले नै स्वतन्त्रता सुरक्षित गर्ने विचार प्रकट गर्नुभउको थियो । मुक्तिनाथ दर्शन साहित्य समाजका संस्थापक तथा आध्यात्मिक साहित्यकार हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसचिव जयमुकुन्द खनाल, पूर्वन्यायधीश कृष्णप्रसाद वस्याल, वरिष्ठ न्युरोलोजिष्ट डा.अर्जुनदेव भट्ट, पूर्वप्राचार्य एवं साहित्यकार विष्णु प्रसाद पन्त, वरिष्ठ समालोचक युवराज मैनालीले समेत मन्तव्य प्रकट गर्नुभएको थियो । साहित्यकार सुशीला शर्माको उद्घोषणमा सञ्चालित कार्यक्रममा साहित्यकार कविहरु : मुकुन्द पौडेल, रामचन्द्र दाहाल, प्रल्हाद लामिछाने, धरेन्द्र वराल, माधवलाल श्रेष्ठ, दीपकराज पौडेल, गंगा खड्का, शशिश्री आचार्य, महेशप्रसाद रिजाल, रामचन्द्र घिमिरे, प्रार्थना खनाल जोशी, भैरवी भूगोल, ध्रुवराज थापा, भवानी ढुंगाना, विद्याप्रसाद घिमिरे, भागीरथी, अच्युत घिमिरे, रामचन्द्र खनाल, ढुण्डीराज अधिकारी, राजेशराज गड्तौला, सुन्दर खड्का आदिले रचना वाचन गर्नुभएको थियो ।
आगामी जेठको दोस्रो शनिबार जेठ दश गते मानव पुस्तक शृंखलाको तीन वर्ष पुग्ने जानकारी दिँदै त्यो दिन विशेष कार्यक्रम गरिने जानकारी सभापतिको आसनबाट हरिभक्त सिग्देलले दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच