सर्लाही । सर्लाहीमा अधिकांश किसानले गहुँ बाली भित्र्याएका छन् । यस वर्ष गहुँ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । कार्यालयकी बागवानी विकास अधिकृत सीमा कार्कीले जिल्लामा लगभग सबैतिर गहुँ बाली भित्र्याएर सकिएको र प्रत्येक पालिकाको कृषि शाखामार्फत् उत्पादनको विवरण लिने काम भइरहेको जानकारी दिनुुभयो । असिना पानीले क्षति नगरेको, रोग, कीरा पनि नलागेकाले गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कार्कीको भनाइ छ । सर्लाहीमा करिब ३० हजार हेक्टरमा गहुँखेती हुने गरेको छ । सिँचाइ सुविधा रहेको दक्षिणवर्ती भेगमा गहुँखेती बढी हुन्छ ।
पछिल्लो समय पालिकाले अनुदानमा बीउ उपलब्ध गराउने र सिँचाइका लागि डिपबोरिङको व्यवस्था गरिदिँदा गहुँखेती सहज भएको किसानले बताएका छन् । कतै भने सिँचाइ अभावले किसानलाई समस्या भएको छ । कविलासी नगरपालिका जमुनियाँका किसान विनोद ठाकुरले बागमती सिँचाइ आयोजनाको नहरमा आउने पानी पर्याप्त नहुँदा पप्पसेटका भरमा गहुँखेती गर्दै आएको बताउनुुभयो । अन्य ठाउँजस्तो सिँचाइका लागि आफूहरूले पालिकाबाट सहयोग नपाएको उहाँको गुनासो थियो । सिँचाइ सुविधा नभएका क्षेत्रका कतिपय किसानले असार/साउनसम्मै खेत बाँझो राखेर त्यसपछि धान रोप्ने गरेका छन् । सिँचाइ सुविधा रहेको ठाउँका किसानले भने गहुँ भित्र्याएर चैते धान लगाएका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले गहुँ बाली भित्र्याएपछि सिँचाइ सुविधा रहेका क्षेत्रका किसानले चैते धान रोपिरहेका बताउनुुभयो ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य