काठमाडौं । सन् २००१ देखि सिचुवान युनिभर्सिटीको आधिकारिक प्रतिनिधिका रूपमा कार्यरत न्युटोनियन साइन्स काउन्सेलिङ इन्स्टिच्युट प्रालि(एनएससिआई) ले काठमाडौंमा सेमिनार तथा एलुम्नाई मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भावी विद्यार्थी, पूर्वविद्यार्थी र विज्ञलगायतको सहभागिता थियो । कार्यक्रमको शुभारम्भ सिचुवान युनिभर्सिटीको स्कलरसिपमा भर्ना भएका नेपाली विद्यार्थीको सांस्कृतिक प्रस्तुतिबाट भएको थियो । कार्डियोलोजिस्ट डा. मनबहादुर केसीले चीनको वुहान युनिभर्सिटीबाट आफ्नो अध्ययन यात्राको अनुभव सुनाउँदै चिनियाँ मेडिकल युनिभर्सिटीहरूले विश्वभर सशक्त करियरको ढोका खोल्ने बताउनुभएको थियो ।
सिचुवान युनिभर्सिटीका प्रतिनिधि मिस पुसी लु (डाइरेक्टर, इन्टरनेसनल स्टुडेन्ट्स अफिस), मिस ली होङ (एमबिबिएस कार्यक्रम संयोजक) र मिस्टर लिउ टिङ लिन (विद्यार्थी मामिला प्रमुख) ले युनिभर्सिटीको गुणस्तरीय शिक्षा प्रणाली, स्कलरसिप, एक्सचेञ्ज प्रोग्राम र विद्यार्थी जीवनबारेमा प्रस्तुति दिएका थिए । विद्यार्थी अन्तरक्रियाका क्रममा आगामी सेप्टेम्बर इन्टेककी नवभर्ना बिबिएस विद्यार्थी रेडिमा लिम्बूले गम्भीर प्रश्नहरू राखेर प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । एलुम्नाई सेसनमा डा. शशि शाहले आफ्नो एमबिबिएस, एमएस तथा सिचुवान युनिभर्सिटीबाट प्राप्त हेपाटोबिलियरी र प्यान्क्रियाटिक सर्जरीमा पिएचडी अनुभव सुनाउनुभएको थियो । अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनमा पूर्ण छात्रवृत्तिका साथ स्नातक त्सेवाङ गोन्पोले नेपालको हस्तनिर्मित सामग्री व्यवसायमा आफ्नो सफल उद्यमशीलताको कथा सुनाउनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर