
बालबालिकाको आधारभूत अधिकार भनेको स्वतन्त्र रूपमा खाने, खेल्ने, लगाउने र पढ्न लेख्न पाउनु नै हो । समाजको विकास हुँदै गर्दा बालबालिका झन् आफ्ना आधारभूत तथा संगिक अधिकारबाट दिन प्रतिदिन वञ्चित हुँदै गइरहेका छन् । घरपरिवार, समाज, अध्ययन गर्ने विद्यालयबाट नै अधिकार खोसिएका छन् । बाल्यावस्थादेखि उचित वातावरण, स्याहार सुसार, खानपिन, शिक्षा, लावाई-खवाई सबै कुरामा उसको अधिकार रहेको हुन्छ । विभिन्न कानुनले पनि बालबालिकाको समान अधिकारलाई संरक्षित गरेको छ । संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि बालबालिकाहरूको आधारभूत आवश्यकता माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु नै हो ।
बालबालिकाको बुबाआमा, अभिभावकको जाति, रङ, लिंग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ । सन् १९८९ मा बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिकालाई ‘अठार वर्षभन्दा कम उमेरको व्यक्ति’ भनेर परिभाषित गरेको थियो । बालबालिकाको अधिकारमा आमाबाबु दुवैसँग घुलमिल हुनपाउने अधिकार, मानव पहिचान र शारीरिक सुरक्षा, खाना, राज्यद्वारा प्रदान गरिने सर्वव्यापी शिक्षा, स्वास्थ्य, सेवा र बालबालिकाको उमेर र विकास अनुकूल फौजदारी कानुन, बालबालिकाको नागरिक अधिकारको समान संरक्षण र बालबालिकाको जात, लिंग, यौन अभिमुखीकरण, लैंगिक पहिचान, राष्ट्रिय उत्पत्ति, धर्म, अशक्तता, रङ, जातीयता वा अन्य विशेषताका आधारमा हुने भेदभावबाट मुक्त जस्ता अधिकार पर्दछन् । बालबालिकाको अधिकारको व्याख्या गर्नेदेखि लिएर बालबालिकालाई स्वायत्त क्रियाकलाप गर्ने अधिकार दिनेदेखि बालबालिकालाई शारीरिक र मानसिक रूपमा दुर्यवहारबाट मुक्त गर्ने बाल अधिकारका विषय हुन् । बालबालिकाको सामाजिक सुरक्षा, शिक्षादीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो ।
अभिभावकले छोराछोरीलाई देशमै केही गर्नुपर्छ भन्नुको साटो ‘विदेश जानुपर्छ, राम्रोसँग अंग्रेजी पढ्नु’ भन्ने गलत अभ्यास जुन चलिरहेको छ त्यसको अन्त्यका लागि बालअधिकारका आधारभूत पक्षको अक्षरशः पालना गर्दै कार्यान्वयन गर्नु हो । असल, सान्दर्भिक र गरिखान सक्ने शिक्षामा सबैको ध्यान जानुपर्छ ।
बालअधिकारअन्तर्गत बालबचाउ, बालविकास, बालसंरक्षण, बालसहभागिता नै बालअधिकार हो । बालबालिकालाई व्यावहारिक रूपमै भविष्यका कर्णधार मानेर उनीहरूबाट भविष्यको समृद्धि, सुन्दर, शान्त, भेदभावरहित उन्नत राष्ट्रको कल्पना गर्ने हो भने संविधानप्रदत्त अधिकार र विश्वव्यापी घोषणापत्रले लिपिबद्ध गरेका बालअधिकारका बुँदा पूर्णतः कार्यान्वयन गर्नुपर्छ । कागजी रूपमा जनाइएका प्रतिबद्धता व्यवहारमै ल्याउनुपर्छ । बालअधिकार स्थापित गर्न सरकारदेखि परिवारसम्मको समान दायित्व हुन्छ । हरूेक घरमा बालअधिकार सुनिश्चितताको महत्व र यसले भविष्यमा पार्ने सकारात्मक प्रभावका बारेमा चेतनशील बनाउनुपर्छ । बालबालिकाको शिक्षा प्राप्तिको अधिकार केवल बालबालिकाका लागि मात्र नभएर देश हुँदै महादेश र विश्वव्यापी रूपमा प्रभाव पार्ने प्रतिभा तयार पार्नु पनि हुन्छ । यसको सुरुवात विद्यालय तहबाटै गर्नुपर्छ । किनभने विद्यालयको शिक्षाबाटै भविष्यको निर्धारण गर्छ । हामीले हाम्रा बालबालिकालाई विद्यालय तहबाटै घोक्ने होइन कि सिक्ने अभ्यास गराउन सक्यौं भने त्यो नै उसको शिक्षा हुन्छ । किताब पढेर त्यसको अभ्यास हुन पाएन भने त्यो शिक्षाको कुनै मूल्य हुँदैन । त्यसैले व्यवहारमा लागू गर्न सकियो भनेमात्र व्यावहारिक हुन्छ ।
बालबालिकाको पहिलो विद्यालयनै घर हो । घरको पारिवारिक अवस्थाले नै बालबालिकाको भविष्य निर्धारण गर्छ । असल बाबुआमा, दिदीबहिनी, दाजुभाइलगायत परिवारका सदस्यले गर्ने व्यवहारले नै उसको भविष्य निर्धारण गर्छ । बालअधिकार भनेको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासका लागि चाहिने न्यूनतम आवश्यकता जस्तै : पोषिलो खाना, औषधोपचार, माया स्नेह, संरक्षण, शिक्षा आदि बालअधिकार हो । बालबालिकाले स्वयंले आफ्नो अधिकार आफैं लिन नसक्ने हुँदा उनीहरूको अधिकारको संरक्षण गर्नुु अभिभावकको दायित्व हो । जब बालबालिका हुर्कंदै जान्छन् यस क्रममा विस्तारै उनीहरूले आफ्नो अधिकारको उपभोगका लागि कर्तव्य पूरा गर्नुपर्ने कुराका बारेमा सचेत गराउने तथा त्यससँग सम्बन्धित ज्ञान तथा सीप सिकाउने जिम्मेवारी अभिभावक तथा शिक्षकले पूरा गर्नुपर्दछ ।
कठोर सजाय, यातना तथा कानुनी कारबाही हुनबाट जोगिन पाउनु, गल्ती सुधार गर्ने मौका पाउनु अधिकार हो । नराम्रो गतिविधिमा नलाग्नु कानुनको पालना गर्नु र असल नागरिक बन्नु जिम्मेवारी कानुनी कारबाही गर्दा बाल न्याय प्रणालीका लागि सरकाले फरक खानको कानुनको व्यवस्था गरेको छ । बालअधिकार स्थापित गरी बालबालिकाको समग्र पक्षको विकासमा सरकारदेखि समाजसम्मको समान दायित्व हुने भएकाले कानुन बनाएर सार्वजनिक गर्दैमा अधिकार स्थापित हुँदैन ।
बालबालिकाका लागि चरित्र विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो र यसका लागि विद्यालय सर्वाधिक जिम्मेवारी विद्यालयको हुन्छ । विद्यालयमा नैतिक, सामाजिक पाठ पढाइन्छ । तर, यसको अभ्यास गराइँदैन । पढाइसँगै अभ्यास पनि गराउने काम विद्यालयले गरे भने बालबालिकामा असल चरित्र विकास हुन्छ । बालबालिकाको असल चरित्र निर्माणमा सघाउ पुग्ने गतिविधि सञ्चालन गर्नु बालअधिकार महासन्धि कार्यान्वयनको प्रमुख एजेन्डा हो । विशेषगरी शारीरिक, मानसिक तथा अन्य अपांगता भएका बालबालिकाले विशेष सुविधा सहयोग र संरक्षण पाउनु अधिकार हो भने उनीहरूलाई सहयोग गर्नु उपलब्ध सेवासुविधाको सदुपयोग गर्नु हाम्रो जिम्मेवारी, त्यस्ता बालबालिकालाई विशेष व्यवस्था गरिदिनु घर समाज देशको दायित्व हो । लिंग, जात, धर्म, धनी, गरेको आधारमा भेदभाव हुनबाट जोगिन पाउनु अधिकार हो, समान व्यवहार गर्नु जिम्मेवारी र दायित्व हो । कठोर सजाय, यातना तथा कानुनी कारबाही हुनबाट जोगिन पाउनु, गल्ती सुधार गर्ने मौका पाउनु अधिकार हो । नराम्रो गतिविधिमा नलाग्नु कानुनको पालना गर्नु र असल नागरिक बन्नु जिम्मेवारी कानुनी कारबाही गर्दा बाल न्याय प्रणालीका लागि सरकाले फरक खानको कानुनको व्यवस्था गरेको छ ।
बालअधिकार स्थापित गरी बालबालिकाको समग्र पक्षको विकासमा सरकारदेखि समाजसम्मको समान दायित्व हुने भएकाले कानुन बनाएर सार्वजनिक गर्दैमा अधिकार स्थापित हुँदैन । यसका लागि सोही अनुसारको सामाजिक परिवेश निर्माण गर्नुपर्छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । संसारको जुनसुकै स्थान जन्म लिए पनि उहीहरूले त्यो समाज, देश हुँदै संसार बनाउने हो । बालबालिकाले निर्वाध रूपमा अघि बढ्न मौका पाए वा घर समाज र देशले मौका दियो भने देशको सुन्दर भविष्यको आधार तयार हुनेछ ।
शिक्षित, स्वस्थ र आत्मविश्वासले भरिएका बालबालिका नै भविष्यका कर्णधार हुनेछन् र उनीहरूलाई अहिलेदेखि नै देशभक्ति, आफ्नो संस्कृति, परम्परा, अभ्यास र इतिहासका गौरवगाथाप्रति गर्व गर्नसक्ने बनाउनु आवश्यक छ । आज जसरी विदेश जाने एकसूत्रीय एजेन्डा युवापुस्तामा विकसित भएको छ । यसको कारण उचित शिक्षा, अवसरको अभावले नै हो । अभिभावकले छोराछोरीलाई देशमै केही गर्नपर्छ भन्नुको साटो ‘विदेश जानुपर्छ, राम्रोसँग अंग्रेजी पढ्नु’ भन्ने गलत अभ्यास जुन चलिरहेको छ त्यसको अन्त्यका लागि बालअधिकारका आधारभूत पक्षको अक्षरशः पालना गर्दै कार्यान्वयन गर्नु हो । असल, सान्दर्भिक र गरिखान सक्ने शिक्षामा सबैको ध्यान जानुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच