
काठमाडौं । शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीलाई भेट्न महासंघ अध्यक्ष शर्मा आँखा अस्पताल तीलगंगा पुग्नुभएको छ ।
शिक्षक आन्दोलनमा घाइते हुनु भएकी पत्रकार सविना कार्कीलाई भेट्न पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोली तिलगंगा अस्पतालमा पुगेको हो ।
कार्कीको आँखाको भिजन एकदमै कम रहेको चिकित्सिकले बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार शिक्षकहरूको भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । सो क्रममा पत्रकार कार्की हुनुभएको थियो ।
घाइते कार्कीलाई प्रहरीले नै बोकेर शुरूमा बानेश्वरस्थित सिभिल हस्पिटलमा पुर्याएका थिए । प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
पत्रकार कार्की समाचार संकलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच