
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
महामन्त्री थापाविरुद्ध आइतबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर रिट दर्ता गरिएको हो ।
उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि आगामी मंगलबार पेशी तोकिएको छ । महामन्त्री थापाले अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिउ’ भन्दै डील गरिरहेको टिप्पणी गर्नुभएको थियो ।
प्रवक्ता कुइँकेलका अनुसार अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दर्ता गराउनु भएको हो ।
महामन्त्री थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उहाँहरू रिट दर्ता गराउनु भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेकाे थियाे । सो नियुक्तिविरुद्ध २०७७ मङ्सिर १ गते सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त मुद्दा अहिले पनि सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भएको थियो ।
अब आगामी वैशाख १८ गते ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा पेशी तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच