
काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिएको छ ।
राष्ट्रियसभाको आजको वैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबल गर्नुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराउनुभएको थियो । त्यसैगरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा समेत जानकारी गराउनुभएको थियो ।
आजको बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूव सदस्य तीर्थराम डंगोल र प्रतिनिधिसभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । उहाँहरुको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
त्यसैगरी आजको सभाको बैठकमा पर्यटन विधेयक, २०८१ पेस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो विधेयकसभा समक्ष पेस गर्नुभएको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही वैशाख १९ गते शुक्रबार अपरान्ह १ बजे र १५ मिनेटमा बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच