
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’ को संज्ञा दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाउनुभएको हो ।
उहाँले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी) संज्ञा दिने गरेको उदाहरण प्रश्तुत गर्दै अध्यक्ष ओलीले अहिले पनि नावाकाद रहेको बताउनु भयो ।
कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि आफ्नाबिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने र अर्को सरकार ढल्यो भन्दै हिँड्ने नावाकाद रहेको उहाँको आरोप छ । अध्यक्ष दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति थाइल्याण्डबाट आएसँगै सरकार ढल्छ भन्नेहरुलाई सभापति देउवाले चिसो पानी खन्याइदिनुभएको र छक्क परेको बताउनु भयो । फेरि दुई चार दिनमा ढलिहाल्छ भनेर गीत गाउने गरेको प्रधानमन्त्री ओलीको अरोप छ ।
उहाँले भन्नुभयो, ‘पहिला एक पल्ट विष्णुबहादुर मानन्धरजीहरुको समूह थियो । उसले केशरजंग रायमाझीहरुलाई नावाकाद भन्थ्यो । नावाकाद भनेको छोटकरी नामका वामपन्थी कामका दक्षिणपन्थी । एक एक वटा शब्द लिएर नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी । छोटकरीमा नावाकाद । नावाकादहरु अहिले पनि छन् ।
नावाकादहरुको दुई वटा छः एउटा कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा बिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो, ढल्यो, ढल्यो, ढल्यो सरकार ढल्यो । अहिले ढल्यो, भरे ढल्यो । भोलि बिहानै ढल्यो । शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने रु दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत शुरु गरेका छन् । नावाकाद हुन् यिनीहरु । यि नावाकाद । हामी हरेक कुराबाट शतर्क छौँ । दक्षिणपन्थी, सोझो दक्षिणपन्थी र नावाकादहरुसँग ।’
प्रधानमन्त्री ओलीले आफूहरु हरेक कुराबाट शतर्क रहेको दाबी गर्नुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै विचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौति दिनुभएको छ ।
उहाँले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले राम्रो काम गरेको भन्न नसक्ने र धङधङ्गार बोल्ने गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भन्नेहरुप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले त्यस्ता कुरा प्रमाणित गर्न सक्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीहरुको शयन कक्षसम्मै विचौलियाको पहुँच रहने गरेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘काम कस्तो ग¥यो, त्यसमा जान सक्दैन । कोही यस्तरी धङधङ्गार बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच पुगेको छ भनेर । दया लाग्छ तिनको । त्यस्ता शब्दहरु सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरु प्रमाणित गर्नसक्छन् ? तर बोलेका छन्, त्यस कुरालाई हतियार बनाएर त्यसलाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु फेरि त्यसैलाई लिएर उफ्रिएका छन् ।’
प्रधानमन्त्री ओलीले त्यही कुरालाई हतियार बनाएर र उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु उफ्रिरहेको टिप्पणी गर्नुभयो ।
साथै प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाउनु भयो ।
उहाँले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो ।
उहाँले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको बताउनु भयो । उहाँले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताउनु भयो ।
उहाँले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाउनु भयो ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले र एमालेको नेतृत्वमाथि हमला गर्ने काम भइरहेको पनि बताउनु भयो ।
उहाँले एउटा मन्त्रीले राजीनामा गर्दा प्रधानमन्त्रीले असहयोग ग¥यो भन्नेजस्ता भ्रमहरु फैल्याएको जिकिर गर्नुभयो । उहाँले जसरी पनि नेतृत्वमाथि हमला गर्ने काम गरिरहेको र यसको नेतृत्व फटाहहरुले गरेको बताउनु भयो । उहाँले आफ्नो नागरिकताको नाम खड्गप्रसाद ओली होला भन्ने सोचेर विदेश (कम्बोडिया) मा लगानी गरेको भन्ने बिलमा खड्गप्रसाद ओली लेखेको बताउनु भयो । उक्त बिलबाटै उनीहरु पराजित भएको (खुस्किएको) प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो, प्रधानमन्त्रीले असहयोग गरेर कहाँबाट थाहा पायो । प्रधानमन्त्रीले असहयोग गरेको । प्रधानमन्त्रीले सहयोग गरेर, अनेक ढंगले अघि बढाउन खोजेको देखेन । असहयोग गरेको भन्छन् । जसरी होस् लिडरसिपमाथि हमला । जसरी होस् लिडरसिपलाई कमजोर पार्ने । लिडरसिपको बिरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने यस खालका कामहरु । सधैँ विभिन्न प्रकारका आरोपहरु । झुटो आरोपहरु । झुटा बिलहरु पनि देखाउने । उनीहरु कतिसम्म झुक्किए भने मैले केपी शर्मा ओली भन्ने गरेको । मेरो नाम चाहीँ खड्गप्रसाद ओली हो । नागरिकतामा त्यही होला । त्यसो भएर त्यहाँको पैसा राखेको बनाउँदा त नागरिकताअनुसार, पासपोर्टको नामअनुसार बनाएको हुन्छ । त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाममा बनाएर, बाठो भएर । बिना नागरिकता, बिना पासपार्ट त राख्दैन । नक्कली नाममा त राख्दैन । त्यहीँ विचराहरु खुस्किए । यस्ता फटाह कुराहरु गर्न जानि जानि बाहेक । नजानिकन यस्तो हुन्छ । यि फटाह काम गर्नेहरु स्थापित फटाहहरु छन् । चिनिएका, जानिएका, मानिएका । त्यस्ताहरुकै अगुवाईमा, नेतृत्वमा यि कामहरु भएको छ ।’
प्रधानमन्त्री ओलीले समाजवाद सिध्याउनका लागि यि कामहरु भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच