भोजपुर । भोजपुरको प्रतिष्ठित आठौं अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतवार भएको उद्घाटन खेलमा घरेलु मैदानमै आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ३–१ गोलले पराजित गर्दे भारतको जर्जियन फुटवल क्लब सेमीफाइनल प्रवेश गरेको छ ।
जर्जियन फुटवल क्लवका लागि जर्सी नम्वर १२ का बसन्त राई, जर्सी नम्वर ९ का नरजंग लेप्चा र जर्सी नम्वर १८ का सिद्धान्त क्षेत्रीले एक एक गोल गरेका थिए भने आयोजक भोजपुर जिल्ला फुटवल संघका लागि जर्सी नम्वर १० का सन्तोष तामाङले एक मात्र गोल गर्न सफल भए । प्रतियोगिताको म्यान आफ द म्याच जर्जियनका जर्सी नम्वर १२ का बसन्त राई बने ।
करिव ४९ लाखको लागतमा भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशालामा भई रहेको प्रतियागिताको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राई र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले रेफ्रीलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको थियो ।
सोमवारको दोश्रो खेल सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र सलहेश फुटवल क्लव सिरहाका बीचमा हुने छ ।
बैशाख १४ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटवल क्लव, आयोजक भोजपुर जिल्ला फुटवल संघ, सलहेश फुटवल क्लव सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लव खोटाङ, नवोबुद्ध फुटवल क्लव सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाण्डौ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् ।
जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।
गत बर्ष संचालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे बिजेता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच