
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम अपचलनबारे लामो अनुसन्धान पूरा गरेर जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई दुई दिनअघि प्रतिवेदन बुझाएको छ ।
जिप्रका पर्साले अनुसन्धान पूरा गरेर उक्त सहकारीमा भएको ठगी प्रकरणको फाइल सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार बुझाएको हो ।
पर्सा प्रहरीका प्रवक्ता, प्रहरी एवम् डीएसपी किशोर लम्सालका अनुसार सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलकाेमा पठाइएको हो ।
‘जिल्ला प्रहरी कार्यालयले अनुसन्धान पूरा गरेर प्रतिवेदन शुक्रबार सरकारी वकिलकहाँ बुझाइसकेका छौँ’, उहाँले भन्नुभयाे, ‘सानो पाइलाको बचत हिनामिनामा ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।’
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ, त्यसैगरि जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो मागदाबी गरेको हो।
अहिले लामिछाने र जोशी भैरहवा कारागारमा छन् भने रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
यसअघि रवि, जीबी र छविविरुद्ध पोखरास्थित सूर्य दर्शन सहकारी, चितवनको भरतपुरस्थित सहारा सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा चलिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच