
काठमाडौं । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रयोगशालाको उपकरण खरिदमा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ बिगो माग गर्दै आयोगले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
२०७९/८० मा मधेस प्रदेशका ७२ वटा पालिकामा प्रयोगशाला स्थापना गर्न गरिएको उपकरण खरिदमा सार्वजनिक खरिद ऐन र वित्तीय नियम उल्लङ्घन गरिएको, म्याद गुज्रिएका सामाग्री प्रयोग गरिएको, आवश्यकताभन्दा बढी क्षमताका उपकरण खरिद गरिएको जस्ता गम्भीर अनियमितता देखिएको आयोगले जनाएको छ ।
आयोगले मधेस प्रदेशसामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव ईम नारायण श्रेष्ठसहित मन्त्रालय र जनस्वास्थ्य प्रयोगशालाका १५ जना कर्मचारी र हस्पिटेक इन्टरप्राइजेज प्रालि र यसको सञ्चालक विशाल पण्डितविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही र बिगो असुल माग गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच