काठमाडौं । गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ ।
भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, ‘सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी)को हार्दिक मंगलमय शुभकामना । अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।’
चलचित्रमा दिनेश राउतको निर्देशन छ । उहाँका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुनुहुन्छ भने कथा तथा पटकथा सुवेदीले तयार पार्नुभएको हो ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । ‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोवास रहेका अधिकांश देशमा एकैसाथ प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र