
काठमाडौं । अभिनव साहित्य सममाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको आयोजनामा घुम्ति कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शनिबार घिमिरेकै निजी निवासमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ४५ जनाले आफना रचना वाचन गरेका थिए । अभिनव साहित्य समाजले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सो अवसरमा समाजका अध्यक्ष वेदमणिले संकलन गर्नुभएको बोध कथा संगालो ‘बिग्रेको मान्छे’ पनि लोकापर्ण गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले उक्त कृतिको लोकापर्ण गर्नुभएको थियो । प्रमुख आतित्यता ग्रहण गर्नुभएका रिसालले कविताले नै देशमा लोकतान्त्रिक गणतन्त्र आउन सहयोग गरेको आफूले सम्झिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दलहरूलाई प्रतिबन्द लाग्दा अर्जुन पराजुली जस्ता कविहरू बाटोमा गएर कविता वाचनमार्फत जनजागरण गराउर्नु भएको थियो त्यसकारण कवीहरूको महत्व छ तपाईंहरूले आफ्नो लेखनीलाई निरन्तरता दिनुहोस् ।’ कार्यत्रममा सभापति गोविन्दा घिमिरे वेदमणिले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको निरन्तरका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।
धेरै धेरै धन्यवाद हिमालय टाइम्स दैनिक परिबारलाइ र सम्बाददाता श्री पुरूषाेत्तम घिमिरेलाइ ।