
काठमाडौं । ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशन प्रा.लिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा एक विशेष समारोहबीच सम्मान अर्पण गरेको हो । नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६औं कविता यात्रामा आयोजित कार्यक्रममा सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण अमेरिकामा वसेर खेल्नुभएको भूमिकाको चर्चा गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कवि साहित्यकार मणिराज सिंहको सभापतित्व, वरिष्ठ साहित्यकार डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा भएको समारोहको विशेष अतिथिहरूमा शिखर सम्मेलन कवि शैलेन्द्र साकार, डा.विष्णु बिभु घिमिरे, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, नरेन्द्रबहादुर श्रेष्ठ, ज्ञानुवाकर पौडेल, नेपाली लेखक संघका उपाध्यक्ष डा.शशि थापा, रविन्द्र आशिष शैली, राजबाबु श्रेष्ठ ‘सागर’, प्राडा.गोविन्दमान सिंहलगातका रहनुभएको थियो ।
कार्यक्रममा अतिथिका कवि तोयानाथ सुवेदी, सुप्रियाञ्जलि घिमिरे, इन्दिरा चापागाईं, दिनेशकुमार शर्मा, मधुसूधनप्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा.बिभु बिमु घिमिरे, अञ्चु सुवेदी, राजेन्द्र घिमिरे, सुनिता अधिकारी, रमा ओली, पुष्कर लोहनी, दिनेशकुमार शर्मा, संगीता खरेल, देवेन्द्र नेपाल, हरितकुमार रेग्मी, कृपा पराजुली, युनाल नारायण पन्त, सरिता बजगाईं पन्त, उषा आचार्य, अनन्तनारायण पन्त, अमर अधिकारी, किशन पौडेल, देवेन्द्र नेपाल, यमुना न्यौपाने लक्ष्मी प्रधान, भुवन सिवाकोटी, शिरोमणि चौधरी, जिएनके खडेरी, केदारप्रसाद मैनाली, डा.शशि थापा पण्डितलगायतले कवितावाचन गर्नुभएको थियो । उषा आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रम ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशन प्रालि, काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच