
सुनसरी । ‘तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता’मा कवि अविनाश भट्टराईले प्रथम पुरस्कार जित्नुभएको छ । ‘श्री जनसहयोग २०५० समूह तरहरा’ले इटहरी उपमहानगरपालिका-२०, तरहरामा आयोजना गरेको कविता प्रतियोगितामा भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ कविता प्रथम हुन सफल भएको हो । भट्टराईले ५१ हजार १०० राशिको पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता दोस्रो तथा रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविता तृतीय भएका थिए । उहाँहरूले क्रमशः ४१ हजार १०० र ३१ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको थियो ।
यस्तै सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘संघर्ष र संकल्प’ले सान्त्वना पुरस्कार प्राप्त गरे । उहाँहरूलाई जनही ११ हजार १०० रुपैयाँ प्रदान गरिएको थियो ।
आयोजकका अनुसार उक्त कविता प्रतियोगिताका लागि ४०६ कविता प्राप्त भएका थिए भने तीमध्ये १० वटा प्रतिस्पर्धाका लागि छानिएका थिए । जसका लेखकलाई प्रतियोगितामा आफ्ना कविता वाचन गर्न लगाइएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारीलगायत रहनुभएको थियो । उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा.स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवान्को म्याराथन’ शीर्षकका कवितालाई पनि जनही पाँच हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि अग्रज कवि एवं संस्कृतिविद् तुलसी दिवसले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा तरहरा मूलवासी भई स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गर्नुभएका नवल नेपाल, प्रकाशचन्द्र परियार, मणिराम श्रेष्ठ, डाक्टर धनकेशर खड्का, कमला सुब्बा, कमला चापागाईंलगायतलाई सम्मान पनि गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच