काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रियस्तरका छजना चर्चित क्रिकेट खेलाडीलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा आठ दर्जन ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । नयाँ ब्राण्ड एम्बेसडरमा रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । उल्लेखित खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त सम्झौतापत्रमा वल्र्डलिंकका सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ । नेपालमा पहिलोपटक एउटै कम्पनीले एकैसाथ छजना ब्राण्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वल्र्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीको भनाइ छ । कम्पनीका कार्यकारी निर्देशक अग्रवालले भन्नुभयो, ‘यी छजना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्, जुन गुणहरू वल्र्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ । उनीहरूले लाखौं नेपालीको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन् र उनीहरूलाई वल्र्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं ।’
छजना खेलाडीले पनि आफ्नो खुसी र उत्साह व्यक्त गर्दै नेपालकै सबैभन्दा ठूलो आइएसपी वल्र्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताएका थिए । उनीहरूले वल्र्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत् दुवै पक्षका लक्ष्य पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर