
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाउनुभएको हो । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? उहाँको प्रश्न छ । उहाँले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? यसको म भत्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपथ्र्यो । पुराना ऐन र कानूनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनान बाधा अड्चनहरु भइरहेको छ । यस्तो बेलामा शिक्षककाम मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’
शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच