
रोल्पा । रोल्पाको सहिदमार्गमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । टेलर दुर्घटना हुँदा दाङ घोराही उप-महानगरपालिका-११ हापपुर बस्ने बर्ष अन्दाजी २९ का आयुष गिरीको घटना स्थलमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।
प्रहरीकाअनुसार दाङको घोराही देखि रोल्पाको थवाङ तर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना १ क ६९६८ नं.को टेलर रोल्पा सहिदमार्गको त्रिवेणी गाउँपालिकाको वडा न. २ स्थित नुवागाउँ- दुईखोली सडकखण्डमा आइतबार राती दुर्घटना हुँदा टेलरका सह चालकको घटनास्थलमै मृत्यु भएको हाे ।
दुर्घटनामा रोल्पाको परिवर्तन गाउँपालिकाका-२ का चालक कृष्ण प्रसाद डाँगी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते चालक डाँगीको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच