
काठमाडौं । हङकङसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबलका ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रशिक्षक म्याट रोसले जुन ५ मा हङकङमा मैत्रीपूर्ण खेलका लागि खेलाडी बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । यो खेल हङकङको मैदानमा हुनेछ । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले जुन १० मा लाओससँग खेल्दैछ ।
नेपालको प्रारम्भिक टोलीमा अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार(गोलकिपर), दीप कार्की(गोलकिपर), जिलेस्पीजंग कार्की, किरण चेम्जोङ(गोलकिपर), कृतिशरत्न छुन्जु, कुलदीप कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सिर्जन राई, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजज्यु ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच