
काठमाडौं । नेपाल चलचित्र संघको ५०औं (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहनुभएको थियो । समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने ११ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । साथै, कर्मचारी होतराज शर्मा र विक्रम राईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूमा राजबहादुर शाह-प्रबन्ध निर्देशक, जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज, स्व.भुवनेश्वर अमात्य (मरणोपरान्त)-संस्थापक अध्यक्ष, नेपाल चलचित्र संघ, निर्मल प्रधान-पूर्वमहासचिव, नेपाल चलचित्र संघ, राजेन्द्र शाक्य-पूर्वकोषाध्यक्ष, नेपाल चलचित्र संघ, केदारनाथ पराजुली-पूर्वकार्यसमित सदस्य, नेपाल चलचित्र संघ, कुबेर शर्मा-पूर्वउपाध्यक्ष, नेपाल चलचित्र संघ, रामजी श्रेष्ठ-पूर्वउपमहासचिव, नेपाल चलचित्र संघ, मोहन सराफ-पूर्वउपाध्यक्ष, नेपाल चलचित्र संघ, किसन राठी-प्रदर्शक, उत्तम द्वा-पूर्वकार्यसमिति सदस्य, नेपाल चलचित्र संघ र ध्रुवकुमार श्रेष्ठ-पूर्वकार्यसमिति सदस्य, नेपाल चलचित्र संघ रहनुभएको थियो ।
कार्यक्रम तयारी समितिका संयोजक गोपाल काजी कायस्थ र सदस्यहरू कपिल द्वा, प्रज्वल शमशेर जबरा, दीप्रश शाक्य, ओम जैशी तथा पूर्वअध्यक्षहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । यसैबीच, आइतबार भने नेपाल चलचित्र संघको सभा कक्षमा सम्पन्न भएको साधारण सभाले महासचिव सुरेन्द्रकुमार थापा र कोषाध्यक्ष प्रज्वल शमशेर जबराको प्रतिवेदन पारित गर्दै तीन महिनाभित्र विधान अधिवेशन बोलाउने निर्णय पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच