
काठमाडौं । मिराजविक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ/माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो ।
राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जीसीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम रहेको छ । प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘सबै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ,’ गीतकार, गायक तथा निर्देशक मिराज भन्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच