
काठमाडौं । आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ देखि युनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्ट्रिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएको छ । यसदिन अर्थात् २९ अप्रिल जिन जर्जस् नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ ।
रंगकर्ममा त नृत्यको खास महत्व छ नै, अन्य विभिन्न उद्देश्यले आयोजना गरिने कार्यक्रममा समेत नृत्यलाई महत्वपूर्ण हिस्साका रूपमा समावेश गर्न थालिएको छ । विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रमविना पूर्ण नहुने मान्यता सामान्यजस्तो बनेको छ । राजनीतिक आमसभामा समेत भिड जम्मा गर्न नृत्यका कार्यक्रम राखिने गरेको छ ।
नेपालमा पनि नृत्य दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालमा एउटा उखान चर्चित छ जो नाच्छ, ऊ धेरै बाँच्छ भन्ने । यो उखानले पनि धेरै पहिलेदेखि नै नेपालमा नृत्यको महत्व रहेको देख्न सकिन्छ । परापूर्वकालदेखिका जीवित संस्कृतिमा नृत्य अनिवार्य मान्ने चलन पहिलेदेखि चलिआएको पाइन्छ । पूर्वीय दर्शनमा वैदिक साहित्यदेखि नै संगीत र नृत्यलाई महत्व दिने गरिएको पाइन्छ ।
हामीकहाँ हरेक संस्कृतिसँग नृत्य जोडिएको हुन्छ । असारमा खेत रोप्न जाने बेलामा हिलोमा गरिने नृत्य होस् या धान भित्र्याउने बेलामा गरिने नृत्य नै किन नहोस् । कुनै नृत्य धेरै शारीरिक अभ्यास हुने खालको हुन्छ भने केही धिमा गतिमा चल्ने खालको हुन्छ । विविध जातजातिका धनी हामी आ-आफ्नै मौलिक नृत्यहरू रहेका छन् । राईहरूले नाच्ने साकेला शिली, मगरहरूको मारुनी नाच, झामरे नाच, लिम्बुहरूको धान नाचलगायत प्रयाः सबै जातजातिका आफ्नै मौलिक नृत्य हामीकहाँ रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच