काठमाडौं । थोमस मोर युनिभर्सिटी(टिएमयु) को प्रतिनिधिमण्डलले नेपालमा विशेष सत्र आयोजना गरेको छ । नेपाली विद्यार्थीका लागि शिक्षा अवसरबारेमा जानकारी दिन र युनिभर्सिटीसँगको साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रमले विभिन्न एजेन्सीका प्रतिनिधि र विश्वविद्यालयका प्रतिनिधिलाई नेटवर्किङको अवसर प्रदान गरेको थियो ।
सत्रको मुख्य अंशमा डा. जस्टिन भोगलले थोमस मोर युनिभर्सिटीको उद्देश्य, स्थान र प्रमुख कार्यक्रमबारेमा जानकारी गराउँदै युनिभर्सिटीको विशेषता र नेपाली विद्यार्थीका लागि ब्याचलर प्रोग्राममा ५० प्रतिशतसम्मको छात्रवृत्तिसमेत उपलब्ध गराउने जानकारी बताउनुभयो । उक्त युनिभर्सिटीकी ग्लोबल रिक्रुटमेन्ट डाइरेक्टर स्टेसी मारी लभले नेपालका विद्यार्थीका लागि उपलब्ध समर्थन सेवाहरू र करियर आउटकम्सबारेमा जानकारी गराउँदै नेपाली विद्यार्थीहरूको सफलताका कथा पनि सुनाउनुभएको थियो ।
आवेदन प्रक्रिया र आवश्यकताबारेमा ग्लोबल युनिभर्सिटी सर्चका निर्देशक ज्याक्सन सुवेदीले प्रस्तुति दिनुभएको थियो । ग्लोबल युनिभर्सिटी सर्च नेपालमा थोमस मोर युनिभर्सिटीको विशेष एड्मिसन पार्टनर हो, जुन स्मार्ट एड्भेन्चर्ससँगको सहकार्यमा सम्भव भएको हो । स्मार्ट एड्भेन्चर्सले विश्वभर थोमस मोर युनिभर्सिटीको विद्यार्थी एड्मिसन गर्ने गर्छ ।
ज्याक्सन सुवेदीका अनुसार थोमस मोर विश्वविद्यालय केन्टकी युएसएमा प्रोफेसनल एमबिए–एसटिइएम र मास्टर इन पब्लिक हेल्थ कार्यक्रमका लागि प्रसिद्ध छ । साथै विश्वविद्यालयले बिबिए-एसटिइएम कार्यक्रम पनि प्रदान गर्छ, जुन नेपालको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लाभदायक छ, जसमा हेल्थ केयर, फाइनान्स, डाटा एनालिटिक्स र मेनेजमेन्टजस्ता विकल्प उपलब्ध छन् । सत्रको अन्तिममा साझेदारीका फाइदा र युनिभर्सिटीको साझेदारलाई कस्तो समर्थन प्रदान गरिन्छ भन्ने विषयमा स्मार्ट एड्भेन्चर्सका प्रेसिडेन्ट पवन श्रीवास्तवले छलफल गर्नुभएको थियो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न