
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको हो । गुजरातले दिएको एक सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।
उसका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट हुनुभयो । उहाँलाई प्रसिद्ध कृष्णाले बोल्ड गर्नुभयो । १४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँ आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्नुभएको छ ।
उहाँले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाउनुभएको छ । उहाँ सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बन्नुभयो । समग्रमा हेर्दा उहाँले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गर्नुभएको हो ।
यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा नितीश राणाले ३५ रनको योगदा दिनुभयो । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक एक विकेट लिनुभयो ।
त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।
जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।
शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाउनुभयो । राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिनुभयो भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १, १ विकेट लिनुभयो ।
हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच