
काठमाडौं । दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ ।
नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जित्नुभएको हो ।
अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले भने रजत पदक हात पार्नुभयो । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाउनुभएको थियो ।
सो जीतसँग टोली आज मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच