
हैदराबाद । निर्देशक एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबलीः द बिगिनिङ अक्टोबर २०२५ मा फेरी रिलिज हुने भएको छ ।
सैकनिल्कका अनुसार भारत र अन्तर्राष्ट्रिय बजारमा बाहुबलीः२ ठूलो पर्दामा देखिन लागेको हो ।निर्माता शोबु यार्लागड्डाले सोमबार सोशल मिडियामार्फत बाहुबलीः २ पुनः विश्वभरी रि रिलिज गर्न लागेको जानकारी दिनुभयो ।
यो सुपरस्टार प्रभास अभिनीत पीरियड एक्शन ड्रामा फिल्म हो । बाहुबलीलाई भारतीय फिल्ममा ब्रेकरको रूपमा हेरिने गरिएको छ । यो फिल्मले भारतको उत्तर र दक्षिणको भाषा अवरोध तोडेको थियो । दक्षिणमा निर्माण भएको यो फिल्म सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एकको रूपमा उभिएको थियो ।
निर्माता शोबु यार्लागड्डाले यसअघि नै सो चलचित्र पुनः रिलिज हुने संकेत दिनुभएको थियो । सोमबार उहाँले त्यसको पुष्टि गर्नुभएको हो। पुनः रिलिज गर्दा यसअघि नराखिएका केही दृश्यहरू केही आश्चर्यका साथ देख्न सकिने उहाँले बताउनुभयो ।
मूल रूपमा जुलाई २०१५ मा रिलिज भएको बाहुबली ६५० करोडको विश्वव्यापी सङ्कलन गरेका थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच