
काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ बढेको छ । हिजो तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला एक लाख ८८ हजार आठसय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच