काठमाडौं । पछिल्लो समय बढिरहेको भारत र पाकिस्तानको तनावबारे टर्कीले आफ्नो धारणा सार्वजनिक गरेको छ । टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गर्नुभएको छ ।।साथै उहाँले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गर्नुभएको छ ।
पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको छ । उक्त घटनापछि पाकिस्तानले कुनै पनि बेला भारतले सैन्य आक्रमण गर्न सक्ने आशंकासमेत व्यक्त गरिसकेको छ। यस्तो अवस्थामा विश्वभरबाट दुवै देशलाई संयम अपनाउन अपिल गरिएको छ ।
टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी अंकारामा भने, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै हाम्रो देशको भ्रमण गरेका छन्। यस क्रममा हामीले पाकिस्तानसँग रक्षा र व्यापारका साथै बहुआयामिक सम्बन्धबारे छलफल गर्यौँ। यो समय सम्पूर्ण क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण छ। हामी हाम्रो क्षेत्रमा वा बाहिर कुनै नयाँ द्वन्द्व चाहँदैनौँ। हामी आशा गर्दछौँ( पाकिस्तान र भारतबीच कुनै गम्भीर घटना हुनुअघि तनाव कम हुनेछ। हामी पनि पाकिस्तानी जनतालाई हाम्रो बलियो समर्थन दोहोर्याउँछौँ।’







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध