
काठमाडौं । पछिल्लो समय बढिरहेको भारत र पाकिस्तानको तनावबारे टर्कीले आफ्नो धारणा सार्वजनिक गरेको छ । टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गर्नुभएको छ ।।साथै उहाँले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गर्नुभएको छ ।
पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको छ । उक्त घटनापछि पाकिस्तानले कुनै पनि बेला भारतले सैन्य आक्रमण गर्न सक्ने आशंकासमेत व्यक्त गरिसकेको छ। यस्तो अवस्थामा विश्वभरबाट दुवै देशलाई संयम अपनाउन अपिल गरिएको छ ।
टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी अंकारामा भने, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै हाम्रो देशको भ्रमण गरेका छन्। यस क्रममा हामीले पाकिस्तानसँग रक्षा र व्यापारका साथै बहुआयामिक सम्बन्धबारे छलफल गर्यौँ। यो समय सम्पूर्ण क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण छ। हामी हाम्रो क्षेत्रमा वा बाहिर कुनै नयाँ द्वन्द्व चाहँदैनौँ। हामी आशा गर्दछौँ( पाकिस्तान र भारतबीच कुनै गम्भीर घटना हुनुअघि तनाव कम हुनेछ। हामी पनि पाकिस्तानी जनतालाई हाम्रो बलियो समर्थन दोहोर्याउँछौँ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच