काठमाडौं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरुले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक-फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरुको भनाइ छ ।
मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरुले नेपालको कानूनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् । बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत संवद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरुको आग्रह छ ।
साथै प्रतिनिधिहरुले संस्थापक सदस्य या अन्य जो कोही भएपनि कुनैपनि बहानामा एनआरएनए फुटाउने खेलामा नलाग्न संवद्ध सबैलाई अनुरोध गरेका छन् ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र