
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।
उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा सोमबारदेखि सञ्चालित यो महोत्सवले स्थानीय उत्पादन, संस्कृति, र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
महोत्सवले कर्णालीको कृषि, पर्यटन, र सांस्कृतिक सम्पदालाई प्रचार–प्रसार गर्नुका साथै औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीको भनाइ छ।
स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनका लागि यो महोत्सव कोसेढुङ्गा सावित हुने कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले बताउनुभयो । महोत्सवमा कर्णालीका स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ, जसले रैथाने संस्कृतिको संरक्षण र प्रचारमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ।
महोत्सवमा चर्चित देउडा गायकहरू र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ। महोत्सवमा २२ वटा स्टल राखिएका छन्, जसमध्ये पहिलो दिन पाँचवटा स्टल सञ्चालनमा आएका छन्। आयोजकका अनुसार सबै स्टल बुकिङ भइसकेका छन्।यी स्टलहरूमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्रीहरू प्रदर्शनी र बिक्रीका लागि राखिनेछ। स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने उद्योग वाणिज्य जुम्ला देवकोटाले जानकारी दिनुभयो । महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसरहरू पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। यो महोत्सव वैशाख २४ गतेसम्म सञ्चालन हुने आयोनकले जनाएको छ। जिल्लामा आर्थिक गतिविधि बढाउने, भाषा सांस्कृतिको संरक्षण सँगै रैथाने उत्पादनको प्रर्वद्वन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा महोत्सव सञ्चालन भइरहेको छ । जसमा सिंजा गाउँपालिकाको नराकोटमा १० दिने महोत्सव वैशाख १२ गतेदेखि सञ्चालन भएको छ ।
पातारासी गाउँपालिकामा वैशाख ६ गतेदेखि ९ गते सम्म आयोजित महोत्सव सम्पन्न भइसकेको छ । जुम्लाको कृषि,पर्यटन, भाषा, साँस्कृतिक तथा सभ्यताको संरक्षण,रैथाने बालीको उत्पादन वृद्धि तथा प्रर्वद्वनको लक्ष्यसहित चौथो प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाको भनाइ छ।
कोरोनापछि जुम्लामा खासै आर्थिक गतिविधि सञ्चालन हुन सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका महोत्सवले यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाएको छ । तातोपानी गाउँपालिकाले वैशाख तेस्रो साता महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच