
पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट संकलन हुने राजस्व बढेको छ । चालक अनुमति पत्र र सवारी साधनमा बृद्धि भएसँगै चालू आर्थिक बर्षको नौ महिनामा राजस्व संकलनमा वृद्धि भएको हो ।
गत वर्षको सोही अवधिको तुुलनामा चालू आर्थिक २०८१/०८२ को चैत मसान्तसम्म राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । उसले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा १७ करोड २३ लाख १५ हजार ४ सय ६५ राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७४ लाख जति राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म १८ करोड ७४ लाख ९६ हजार ४ सय २५ राजस्व संकलन गरेको थियो । जुन अहिले नौं महिनामै उक्त राजस्वको नजिक पुगेको छ ।
चालु आर्थिक वर्ष सकिन अझ ३ महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । कार्यालय प्रमुख लक्ष्मण घिमिरेले चालक अनुमति पत्र, सवारी साधनको संख्यामा वृद्धि र सेवाप्रवाहमा छिटो छरितो भएकाले चालु आर्थिक वर्ष राजस्व संकलनमा वृद्धि भएको बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा चालक अनुमति पत्र, सवारी दर्ता किताबबाट २ करोड १० लाख ३७ हजार ४ सय र सवारी साधन करबाट १४ करोड ४८ लाख ६२ हजार ७ सय ४० राजस्व संकलन भएको हो । जहाँ अघिल्लो पुरै आर्थिक वर्षमा चालक अनुमति पत्र, सवारी दर्ता किताबबाट २ करोड ४५ लाख २८ हजार मात्र राजस्व संकलन भएको थियो । जुन चालुआर्थिक वर्षको नौ महिनामै उक्त संकलनको नजिक पुगेको छ । यस्तै अघिल्लो पुरै आर्थिक वर्षमा सवारी साधनबाट १५ करोड ४७ लाख ४३ हजार ७ सय ३५ राजस्व संकलन भएको थियो । जुन चालु आर्थिक वर्षको चैत मसान्तसम्ममै उक्त संकलनको नजिक पुगेको छ । यस्तै चालु आर्थिक वर्षको नौं महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १८ लाख ४६ हजार ७ सय र आयकरतर्फ ४५ लाख ६८ हजार ६ सय २५ राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षको पुरै महिना कार्यालयले आयकरतर्फ ५६ लाख ५८ हजार ६ सय ६० राजस्व संकलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको नौं महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब ४ करोड भन्दा कम राजस्व संकलन भएको थियो ।
हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपर्मिट, सवारी जाँचपास शिर्षकमा आयकर संकलन गर्ने गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको चैत समान्तसम्ममा चालक अनुमति पत्रतर्फ २ हजार ३ सय २५ वटा नयाँ लाइसेन्स, ५ सय ३१ वटा थप वर्ग, ६ हजार ३ सय ४६ रिट्रायल, २ हजार ९१ वटा लाइसेन्स नविकरण र २ हजार ८ सय ३१ लिखितबाट राजस्व संकलन गरेको छ । यस्तै सवारीतर्फ २४ हजार ६८ वटा सवारी नविकरण, ३ हजार ४० पटके, ९ सय ४ जाँचपास र ९ सय ६७ वटा रुटपर्मिट नविकरण गरेको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच